धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा शुक्रवार खटिएको ४६ जनाको प्रहरी टोलीले धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ। धनगढी उप–महानगरपालिका ७, ८ र १२ को बिभिन्न स्थानहरु बाट अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, भाडावर्तन र १००० राजश्व शुल्क लिई कार्वाही गरिएको प्रहरी जनाएको छ।















