कैलालीको घोडाघोडी नगर पालिका वडा नं ७ म दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । वडा नं ७ खेलकुद बिकास समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा २०८०/०७/२१ गते देखि प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगितामा वडा भित्रका टिमहरुको  मात्र सहभागिता रहने छ । प्रतियोगितामा पहिलो हुने टिमले  १० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्  भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद रु ७५०० सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा सदस्य, शिक्षक, प्रहरी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहने खेलकुद बिकास समितिको अध्यक्ष दिलीप कुमार चौधरीले बताउनु भयो ।