कैलालीका लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट एक ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन्। खैरोहिरोइनसहित सोही स्थानका दुई जना विहिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। लम्कीचुहा नगरपालिका–१ का २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक लागुऔषधसहित पक्राउ परेका हुन्।

त्यस्तै धनगढीमा पनि लागुऔषाधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ का २२ वर्षीय राज पार्कीलाई पाँच सय ३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।