धनगढीमा लागूऔषाधसहित युवक पक्राउ परेका छन।



धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २२ वर्षीय राज पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो।


प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।













