कैलालीमा खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन।



जिल्लाको लम्कीचुहा नगरपालिका-१० पिपरौवाबाट लागूऔषध खैरो हेरोईनसहित २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम फेला पारेको हो।


विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको बताइएको छ।













