कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।



धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सारबाट लागूऔषधसहित हसनपुरका ३९ वर्षीय योगेश भण्डारी पक्राउ परेका हुन्। करिब ३ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट एक ट्याब्लेटसहित भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध फेला पारेपछि उनलाई पक्राउ गरिएको हो।













