सुुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाका चोरी शिकारी नियन्त्रण दललाई अभिमुुखिकरण गरिएको छ । घोडाघोडी पंक्षी अभय–आरण्य क्षेत्रका चोरी शिकारी नियन्त्रण दल परिचालनका लागी अभिमुखीकरण गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुर,कैलालीको सहयोग तथा चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुुख अतिथिको आशनबाट बोल्दै डिभिजन वन कार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरले चोरी शिकारी नियन्त्रणको लागि सामुदायिक वनहरु सँग सहकार्य गरेर काम गरिरहेको बताए ।
उनले घोडाघोडी क्षेत्रको संरक्षण मात्र नभई त्यसको सदुुपयोग र उपयोग गर्नुुपर्ने बताए । संरक्षणले मात्रै संरक्षण नहुुने बताउदै उनले भने,जबसम्म सदुुपयोग र उपयोग गर्दैनौ तब सम्म संरक्षण हुुदैन ।
कार्यक्रमबा बोल्दै घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष घनश्याम ओझाले घोडाघोडीको बिकास तथा संरक्षणका लागि साझेदारी रुपमा प्रभावकारी योजना बनाउनुुपर्ने बताए ।
घोडाघोडी गौरवको रुपमा रहेको छ उनले भने,यसको बिकासका लागि नगरपालिका ,डिभिजन वन लगायत सम्बन्धित निकायहरु मिलेर प्रभावकारी योजना ल्याउनुुपर्छ ।



कार्यक्रममा सहभागीहरूले वनमा हुने चोरी शिकारी नियन्त्रणको लागी दललाई दिगोरुपमा चलायमान गर्नुुपर्ने बताएका थिए । रातिको समयमा चोरी शिकारी हुुने हुुनाले आवश्यक सामाग्रिहरु उपलब्ध गराउनुुपर्ने सहभागिको भनाई थियो ।
समुदायमा आधारित चोरी शिकारी नियन्त्रण दलका सदस्यहरूलाई सूचना प्रवाह, जिम्मेवारी, वन ऐन नियम, वन्यजन्तु क्षति राहत कोषबारे जानकारी, आगामि दिनमा कसरी दललाई चलयमान गर्ने लगायतका बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा घोडाघोडी नगरपालिका वडा न ४ का अध्यक्ष भरत शाही, ८ का अध्यक्ष बिर बहादुुर साउद ,पत्रकार चाँदनी आचार्य,घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च का अध्यक्ष हेम बहादुर बमले बोलेका थिए ।
चरा संरक्षण नेटवर्कका उपाध्यक्ष नवराज न्युुरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव राम कुमार चौधरीले गरेका थिए । कार्यक्रममा घोडाघोडीका चोरी शिकारी नियन्त्रण दलका ३२ जनाको सहभागिता रहेको थियो ।















