ई-घोडाघोडी खबर

१२ जेष्ठ २०८३, मंगलवार

  • Mohrain Tours and Travels
  • पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो

    पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो
    Spread the love

    एकिन्द्र तिमिल्सेना

    टीकापुर, असार १७ गते । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ ।

    पार्टी संसदीय दलको सचिवालयको बैठकले दलको नेता र प्रमुख सचेतक फेरेको छ ।  आइतबार बसेको बैठकले दलको नेतामा गङ्गाराम चौधरी र प्रमुख सचेतकमा लालवीर चौधरीलाई चयन गरेको छ । योसँगै यस अघि सचेतक रहनु भएका अरुणकुमार चौधरीलाई पनि हटाइएको छ ।

    पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसमलाल चौधरीबिच पार्टी सञ्चालनका विषयमा मतभेद छ । सुदूरपश्चिम प्रदेशमा अध्यक्ष पक्षका दुई जना मन्त्री छन् भने संरक्षक पक्षका पाँच जना विपक्षी बेन्चमा छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी