ई-घोडाघोडी खबर

१२ जेष्ठ २०८३, मंगलवार

  • Mohrain Tours and Travels
  • प्रदेशमा सुशासन कायम गर्छु : मुख्यमन्त्री शाह

    प्रदेशमा सुशासन कायम गर्छु : मुख्यमन्त्री शाह
    Spread the love

    अविनाश चौधरी

    धनगढी, साउन २१ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्नु भएको छ।

    प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै उहाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नू भएको हो। पदभार ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले आफूले दोस्रो पटक यो प्रदेशको नेतृत्व गर्दै गर्दा प्रदेशवासीलाई निराश बनाउने काम कहिल्यै पनि नगर्ने बताउनुभयो। आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रदेशवासीका लागि काम गर्ने उहाँको भनाइ थियो।

    मुख्यमन्त्री शाहले समग्र सुदूरपश्चिमको विकासका लागि आफूलाई सल्लाह, सुझाव दिन पनि आह्वान गर्नु भएको छ। यो प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता थियो। “भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा शून्य सहनशीलताको नीति अपनाएर म पहिले पनि अगाडि बढेको थिए, अहिले पनि त्यही नीतिमा अगाडि बढ्छु”, शाहले भन्नुभयो।

    उहाँले पूर्ण बजेट ल्याउनका लागि सदनको बैठक बोलाएर त्यसमा सबैसँग छलफल गरिने उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षको सुरुवातबाट सुदूरपश्चिम प्रदेश बजेटविहीनताकको अवस्थाबाट गुज्रिरहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी