कैलालीमा एकैदिन एक किशोरसहित लागुऔषधमा संलग्न चार जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ सतघरुवाका २८ वर्षीय प्रकाश चौधरीसहित ३ जना लागूऔषधसहित आइतबार राति पक्राउ परेका छन्। करिब १ ग्राम ८० मिलिग्रामसहित चौधरीको घरमा लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। 

त्यस्तै टीकापुर नगरपालिका–१ बाट पनि प्रहरीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। करिब २ सय ९० मिलिग्राम लागुऔषधसहित टीकापुर नगरपालिका–१ ज्योतीनगरमा डेरा गरी बस्दै आएका अछाम विनायक पञ्चदेवल नगरपालिका–७ पुल्यतोलाका १८ वर्षीय किशोर आइतबार राति पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।