बाजुरा, साउन २६ गते । अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चार जना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।





पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नम्बर ३ का वडाध्यक्ष मङ्गल बुढाले जानकारी दिनुभयो । तीस परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उहाँले बताउनुभयो । स्थानीयको सहयोगमा
घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

[inline_related_posts title=”You Might Be Interested In” title_align=”left” style=”list” number=”6″ align=”none” ids=”” by=”categories” orderby=”rand” order=”DESC” hide_thumb=”no” thumb_right=”no” views=”no” date=”yes” grid_columns=”2″ post_type=”” tax=””]
अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । पहिरोमा परी चार जना घाइते भएका र केही पशुचौपाया पुरिएको जानकारी आएको भन्दै प्रहरीको उद्धार टोली घटनास्थल पुगेपछि यकिन विवरण सङ्कलन गरिने उहाँले बताउनुभयो । रासस












