ई-घोडाघोडी खबर

१८ चैत्र २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम सरकार विस्तार हुँदै, नागरिक उन्मुक्तिको छैन ठेगान

    सुदूरपश्चिम सरकार विस्तार हुँदै, नागरिक उन्मुक्तिको छैन ठेगान
    Spread the love

     सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुने भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार प्रदेश सरकार विस्तार हुने बताएका छन्। उनले शुक्रवार बिहान मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकार विस्तार हुने बताएका हुन्।

    दलका नेता खगराज भट्टका अनुसार माओवादीबाट झपट साउँद, रमेश धामी र गीता मालको नाम टुङ्गीएको छ। धामी र साउँद मन्त्री हुने छन भने माल राज्यमन्त्री हुने छन्।  उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ। तर, सामाजिक विकास मन्त्रालयमा माओवादी र नागरिक उन्मुक्ति पार्टीको दाबी छ।

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भने नागरिक उन्मुक्तिको भागमा परेको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीको सूचिमा परेका रामेश्वर चौधरीले अझै मन्त्रालयको ठेगान नभएको बताए। उनले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिको दाबी रहेको बताए। मन्त्रालयको भागबण्डा अझै नटुंगिएको दाबी उनको छ। तर, मुख्यमन्त्री शाहले भने नागरिक उन्मुक्ति पार्टीका मन्त्रीले पनि आज शपथ खाने दाबी गरेका छन्।

    सुदूरपश्चिमको मुख्यमन्त्रीका काँग्रेसका दलका नेता शाहले शपथ खाएको एक सय दिनपछि प्रदेश सरकार विस्तार हुने भएको हो। नेपाली काँग्रेसले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा दाबी गर्दै आएको छ। भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा पनि नेपाली काँग्रेसबाट मन्त्री भएका थिए। एकीकृत समाजवादीबाट नरेशकुमार शाह आर्थिक मामिला मन्त्री छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी