ई-घोडाघोडी खबर

१७ बैशाख २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • प्रथम जिल्ला स्तरीय यूथ २० वडाध्यक्ष कप सुरु

    प्रथम जिल्ला स्तरीय यूथ २० वडाध्यक्ष कप सुरु
    Spread the love

    ईन्द्रा कुमारी केसी
    घोडाघोडी (कैलाली),चैत १५
    कैलालीको घोडाघोडीमा शुक्रवार बाट प्रथम जिल्ला स्तरीय यूथ २० वडाध्यक्ष कप सुरु भएको छ । प्रतियोगिताको शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख खड्का रावतले घोडाघोडी नगरपालिका फुटबलमा मात्र नभई प्रत्येक खेलहरूमा निरन्तर अघि बढिरहेको बताउनु भयो


    घोडाघोडि नगरपालिका खेलकुदका क्षेत्रमा उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित हुने अवसर पाएको बताउँदै उहाँले भन्नुभयो, खेलकुदका माध्यमबाट मात्र नभई नगरपालिका आर्थिक विकासका माध्यमबाट पनि उत्कृष्ट पालिका बन्न सफल भएको छ ।
    यस क्षेत्रका युवाहरूलाई खेलका माध्यमबाटदअनुशासित मर्यादित नैतिकवान् र विकासशील बनाउनका लागि पनि नगरपालिका लागेको रावतले बताउनु भयो ।
    घोडाघोडी नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग र घोडाघोडी क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । ‘हाम्रो गोल लागु औषध विरुद्धको गोल’ भन्ने मूल नाराका साथ शुक्रवार बाट सुरु भएको प्रतियोगिता २३ गते सम्म चल्नेछ । प्रतियोगिताका बिच महिलाहरुको मैत्रिपुर्ण फुटवल प्रतियोगिता पनि हुनेछ ।


    प्रतियोगितामा २० वर्ष उमेर समूहका १३ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगद सहित ट्रली,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद ३५ हजार सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने बताइएको छ ।
    कार्यक्रमको उद्घाटन सत्रमा थारुहरूको सखिया नाच पनि प्रस्तुत गरिएको थियो

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक :

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी