ई-घोडाघोडी खबर

१७ बैशाख २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • एरिष्टो माध्यमिक विद्यालय धनगढीमा शैक्षिक सत्र २०८२ बाट कक्षा ११ को पढाइ हुने

    एरिष्टो माध्यमिक विद्यालय धनगढीमा शैक्षिक सत्र २०८२ बाट कक्षा ११ को पढाइ हुने
    Spread the love

    धनगढी । कैलालीको धनगढी–८ क्याम्पसरोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ बाट कक्षा ११ को पढाइ गर्ने भएको छ। विद्यालयले यसै शैक्षिकसत्रदेखि मेनेजमेन्ट संकाय अध्यापन गराउने भएको छ ।

    वि.स. २०४९ सालमा स्थापना भएको एरिष्टो इंग्लिस हाई स्कुलले आफ्नै नवनिर्मित विद्यालय भवनमा कक्षा ११ को पढाइ गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

    विद्यालयले मेनेजमेन्ट विषयसँगै शैक्षिकसत्र २०८३ बाट विज्ञान संकायको समेत पढाइ सुरू गर्ने प्रधानाध्यापक हरि क्षेत्रीले बताए । उनले विद्यालयले कक्षा ११ र १२ को अध्यापनसँगै विद्यार्थीहरूलाइ विभिन्न छात्रवृत्ति उपलब्ध गराउने बताए।

    आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक क्षेत्रीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सिक्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने योजना रहेको बताए। उनले विद्यार्थीहरूको रुचिका आधारमा पढ्दै कमाउने वातावरण सिर्जना गरिने बताए।

    विद्यालयद्वारा ६ किसिमका छात्रवृत्ति प्रदान गरिने

    प्रधानाध्यापक क्षेत्रीले कुनै पनि विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेको एक जना विद्यार्थीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गरिने बताए।
    कलेज छात्रवृत्ति शिर्षकमा हरेक वर्ष एक/एक जना विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन्। यसैगरी, विद्यालयले राष्ट्र सेवक छात्रवृत्ति शिर्षकमा राष्ट्र सेवक प्रहरी जवानहरूको एक जना विद्यार्थीलाई हरेक वर्ष कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। विद्यालयले दुर्गम छात्रवृत्ति शिर्षकमा सुदूरपश्चिमका पहाडी जिल्लामा स्थायी बसोबास रहेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गर्ने भएको छ।

    कक्षा ८ देखि नै खान, बस्न, पोसाक र कापी किताबसमेत प्रदान गरिने प्रधानाध्यापक क्षेत्रीले बताए। विद्यालयले क्रियाशील पत्रकार मध्ये छनोट भएका पत्रकारका एकजना सन्तानलाई कक्षा १ देखि १२ सम्म पूर्ण छात्रवृत्ति दिने, एकल महिलाका एक जना सन्तानलाई पनि पूर्ण छात्रवृत्ति दिने जनाएको छ भने विद्यालयका शिक्षक तथा कर्मचारीका एक÷एक जना सन्तानलाई पूर्ण छात्रवृत्ति दिँदै आएको जनाएको छ।

    विद्यालयले सरकारी नियमअनुसार दिनुपर्ने छात्रवृत्तिका अतिरिक्त माथि उल्लिखित छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। एरिष्टो स्कुलले शिक्षक कर्मचारीहरूलाई पाँच लाखको बिमा सुबिधा दिनुका साथै आगामी आर्थिक वर्षबाट शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोष र सञ्चयकोषको व्यवस्था गरिने प्रधानाध्यापक क्षेत्रीले बताए।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक :

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी