ई-घोडाघोडी खबर

१८ बैशाख २०८२, बिहीबार

  • Mohrain Tours and Travels
  • बर्दगोरियामा जेटी कप क्रिकेट प्रतियोगिता हुँदै

    बर्दगोरियामा जेटी कप क्रिकेट प्रतियोगिता हुँदै
    Spread the love

    बैशाख २, बाैनिया,कैलाली

    जिल्लाकाे बर्दगाेरिया गाँउपालिका वडा नम्बर १ मा अवस्थित जगत तारा इङ्लिस बाेर्डिङ्ग स्कुलकाे आयाेजनमा पुन: जेटि कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
    बिचमा काेराेना लगाएत बिबिध कारणले स्थगित भएको प्रतियोगिताले यस वर्षबाट पुन निरन्तरता पाउन लागेको बिद्यालय प्रशासनले हामीलाई जानकारी दिएकाे छ । २०७२ साल बाट २०७६ सालसम्म निरन्तर पाच संस्करण सम्म प्रतियाेगिता सञ्चालन भएको थियो । कैलाली जिल्लाकाे हाइवे क्षेत्रमा र बिद्यालय तहको क्रिकेटमा जग बसाउनमा जगत तारा स्कुलकाे भुमिका महत्त्वपूर्ण रहेको क्रिकेट क्षेत्रका जानकार हरुकाे भनाइ रहेको छ ।
    यस अघि पाँच संस्करण सम्म सञ्चालन भएको प्रतियोगिताकाे पहिलो संस्करण आयाेजक बिद्यालयले जित्दा दाेस्राे , तेस्रो र चाैथाे संस्करण काे विजेता टिकापुरमा अवस्थित आर.एम.इ स्कुल भएको थियो । यस्तै पाचौं संस्करणको उपाधि भने लम्किचुहा नगरपालिका काे वलियामा अवस्थित क्याम्ब्रिज इङ्गलिस स्कुलले जितेको थियो ।
    प्रतियोगिताकाे फर्म्याट , पुरस्कार राशि र मितिकाे बारेमा केहि दिनमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर जानकारी गराइने बिद्यालयले जानकारी दिएको छ । यस अघिका प्रतियोगिता जस्तै याे बर्ष समेत प्रतियोगिता आयाेजना गर्नमा सम्पूर्ण सराेकार वाला निकायहरूको सहयोग रहने आयाेजकले बिश्वास लिएको बिद्यालय प्रसासनले बताएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक :

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी