कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ सम्पन्न, दुई सातामा ८० प्रतिशत पुग्ने अनुमान

कञ्चनपुरः कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउँदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उनले बताए।

शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहुँदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोप्ने कार्य गरेको बताए। “समयमै रासायनिक मल पायौँ,” उनले भने, “अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौँ, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ।”

लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उनले बताए। धानको बीउ बिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द्र, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन्। किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धान बढी रोप्ने गरेका छन्।

सुदूरपश्चिममा मूसलधारे वर्षा: धनगढीमा २४ घण्टामा २०० मिमि, बेलौरीमा २६४.६ मिमि पानी

प्रकाशविक्रम शाह

धनगढी, असार १६ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो ।

धनगढीमा आइतबार दिउँसाेदेखि पानी परेको थियो । तर भारी वर्षा बिहान ४ बजेबाट हुन थाल्यो इन्जिनियर साहले भन्नुभयो, “अहिले पनि धनगढीमा पानी परिरहेको छ, रातिबाट कम हुने छ ।”

उहाँका अनुसार धनगढीभन्दा बढी कञ्चनपुरको बेलौरीमा पनि २४ घण्टामा २६४.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरकै कृष्णपुर खल्लाकोटमा पनि १८४ मिलिमिटर वर्षा भएको छ ।

महाकाली बेसिनले सुदूपश्चिमका नौ वटै जिल्लामा मध्यम र हल्कास्तरको वर्षा भइरहेको छ । सुदूरश्चिममा यो साताभर मध्यमस्तरको वर्षा भइरहने पनि सो कार्यालयले जनाएको छ ।

वर्षाले दोदा नदीको बहाव बढेको छ । धनगढी लगायतका क्षेत्रमा भइरहेको वर्षाले मोहना नदी वरपरका बस्तीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भीषण वर्षा, बाढीको उच्च जोखिम

भवानीदत्त भट्ट

कञ्चनपुर, असार १६ गते । कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भारी वर्षा भइरहेको छ । आइतबार रातिदेखि कञ्चनपुर, कैलाली र डडेल्धुरामा लगातार भारी वर्षा भइरहेको हो ।

भारी वर्षाको कारण कञ्चनपुर, कैलालीका बाढी जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । कञ्चनपुरको बेलौरीमा २४९ मिलिमिटर वर्षा मापन गरिएको छ ।

अहिले कञ्चनपुरको पुर्नवास, बेलौरी र कृष्णपुर, कैलालीको दोगावरी, धनगढी र डडेल्धुरामा भारी वर्षा भइरहेको महाकाली बेसिन कार्यालयका प्रमुख संजय कुमार शाहले बताउनुभयो । उहाँका अनुसार पछिल्लो १२ घण्टा यता बेलौरीमा २ सय ४९ मिलिमिटर वर्षा मापन गरिएको छ । भारी वर्षाको कारणले बेलौरीको कलकत्ता, शिवनगर, खल्ला कुण्डा, शान्तीपुर लगायतका क्षेत्रमा डुवाको जोखिम रहेको छ ।

भारी वर्षा भइरहेकाले सर्तकता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । वर्षापछिको बाढीको कारण महाकाली नदी र मोहना नदिले सतह सर्तकता तह पार गरेकाले तल्लो तटिय क्षेत्रमा बस्ने स्थानीयहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । अत्याधिक वर्षाका कारण होचा स्थानमा बनेका घरहरुमा डुवानको जोखिम बढेको छ ।

सोमबार साँझ सम्म भारी वर्षा हुने अनुमान गरिएको महाकाली बेसिन कार्यालयका प्रमुख शाहले बताउनुभयो । उहाले भन्नुभयो,–“आज बेलुका सम्म भारी वर्षा हुने भएकाले तल्लो तटिय क्षेत्रमा बस्ने बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिन्छ ।”

एसइई २०८१ नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको  नतिजा सार्वजनिक भएको हो ।

यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।

परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। सबै नतिजा वेबसाइटमा केही समयपछि मात्र उपलब्ध हुने बाेर्डले जनाएको छ।

एसइईको वेबसाइट बाहेक परीक्षार्थीले एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सक्नेछन् ।  नतिजाका लागि ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरेर त्यहाँ दिएको   निर्देशनअनुसार सिम्बोल नम्बर दिएरसमेत नतिजा हेर्न सकिने छ।

गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, चैत १३ गते। बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का  वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६/७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भीमबहादुर रोकायासहित सात जनाविरुद्ध मुद्दा दायर भएको हो।

उक्त मुद्दामा  गाउँ कार्यपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल,   इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर लेखापाल मदनराज जोशी, सिंचाई कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई विपक्षी बनाइएका छ ।

अख्तियारले उनीहरुलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय माग गरेको छ।

प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्दै सुदूरपश्चिम

अविनाश चौधरी

धनगढी, चैत १२ गते। साढे ३१ लाख रुपियाँ बढी खर्चेर सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि ल्यापटप खरिद हुँदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो। प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ।

प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो। आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ। सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ (मूल्य अभिवृद्धि करसहित) मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ।

बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा हुनुहुन्छ। मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीबाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको हो।

यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो। प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो। सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने बनेका जनाइएको छ। यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ। पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिलेसम्म ल्यापटप फिर्ता नगरेको जैसीले जानकारी दिनुभयो।

पुरानो ल्यापटपको कतिपयको डिसप्ले गएका जनाइएको छ। केही नचल्ने भएका छन्। चलेकाहरु पनि ढिलो चल्ने गरेको बताइएको छ। “अघिल्लो पटक खरिद गरिएको ल्यापटप पुरानो जेनेरेसनको रहेको र धेरैजसो नचल्ने भएकाले समयानुसार नयाँ जेनेरेसनको ल्यापटप खरिद गर्न लागिएको हो”, जैसीले भन्नुभयो।

प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप खरिद गर्ने कार्य अगाडि बढाएपछि पहिलेको ल्यापटप हुँदाहुँदै फेरि ल्यापटप खरिद गर्न थालेको भन्दै विरोधको स्वर पनि सुनिएको थियो।

“नवजीवन सहकारीले खाद्य उद्योग स्थापना गर्दै चामल बिक्री वितरण आजदेखि सुरु”

९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारीले नवजीवन खाद्य उद्योगको स्थापना गरी आज देखि चामल बिक्रि वितरण सुरु गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाउँमा नवजीवन सहकारी संस्था लिमिटेडले सुरु गरेको नवजीवन खाद्य उद्योगले आजदेखि चामल बिक्रि वितरण सुरु गरेको हो ।

जस्का लागि उद्योगले १६ हजार २८ क्विन्टल धान खरिद गरि १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको छ । जसबाट ६२९ क्विन्टल चामल उत्पादन भएको छ । खाद्य उद्योग स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष देव बहादुर बमले मोटो र मसिनो गरि दुई भागमा चामललाई छुट्याइएको बताए ।

२५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकिएको उनले बताए । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने उनले बताए ।उनका अनुसार पहिलो चरणमा नवजीवन सहकारी संस्थाका १० वटै सेवाकेन्द्रहरुबाट बिक्रि वितरण गरिने छ । छिटै सहकारी मन्त्रालयसंग समन्वय गरि गाडिको व्यवस्थापन गरिने र चामल होम डेलिभरीको व्यवस्था पनि गरिने बमले बताए ।

नवजीवनका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र र्अग्यानीक चामल खान पाउन भन्ने उदेश्यले नवजीवनले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र आगामी दिनमा पिठो र तेल उत्पादनका साथै पानी फ्याक्ट्री सञ्चालनको योजना अघिबढाएको उनले बताए । बढाएको उनले बताए

यस क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामका रुपमा विकास गरिने भन्दै बमले शेयर सदस्यहरुलाई कृषिमा आकर्षित गर्नुका साथै प्रत्यक्ष,अप्रत्यक्ष रोजगारी सिर्जना गर्नु नवजीवनको भावी योजना रहेको बताए । रानी जमरा सिँचाई आयोजना सुरु भएमा त्यहाँका किसानलाई बिउ वितरणको योजना पनि अघि बढाइने उनको भनाई छ ।

२०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । ३६ हजार ८१ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ करोड ३४ लाख शेयर पूँजी रहेको छ । ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप संकलन गरि ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि धान खरिद केन्द्रका रूपमा रहेको स्थानमा नवजीवन ब्रान्डका रूपमा चामल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याइएको हो ।

शोकमा सहानुभूति: किसान बहुउद्देश्यीय सहकारीद्वारा बसरामलाई सहायता

कैलाली । जिल्लाको कैलारी गाउँपालिका ९ बस्ने बसराम चौधरीले जिवनसाथी गुमाएको पिडा पोख्ने र मन बुझाउने बाटो खोजि रहेका बेला आज सान्तवना र सहानुभुतीको मलम लगाउनेगरी उनकी धर्मपत्नी गीता देवी चौधरीको शोकसभा मनाइएको छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्थाको चौमाला ईलाका प्रमुख खकेन्द्र देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कैलारी गाउँपालिका ९ नम्बर वडा अध्यक्ष खेम चौधरी रहेका थिए । शोकसभालाई संस्थाका मसुरिया शाखा प्रमुख सुनिल चौधरीले सहजीकरण गर्नुका साथै संस्थाको बारेमा जानकारी गराएका थिए ।

बसरामको मृतक पत्नी किसान बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य थिईन । संस्थाबाट ऋण लिएर घरेलु उद्यम गर्दै दुख जेलो गरेरै भएपनि सुखका साथ परिवार चलेको थियो । दैवको लिला कसले देखेको हुन्छ र । एक दिन नसोचेकै भयो निष्ठुरी कालले उनको अर्धाङ्गीनी गिता देवीलाई चटक्क चुडेर लग्यो ।

पिडामा रन्थनिएका बेला आँशु पुछ्न किसान बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारी बसरामको घरमै पुगेर शोक सभाका बिचमा सहकारी संस्थाले उनकी धर्मपत्नीको फोटो सहित सान्तवना रकम वाफत रु. २ लाख ३५ हजार हस्तान्तरण गर्यो ।

बसरामलाई यो रकम आफ्नी श्रीमतीले मायाको चिनो स्वरुप छोडेर गएको आभास भयो । त्यो शोकसभामा बसरामले मृतक श्रीमतीको फोटो र सान्तवना रकम मात्रै बुझेनन् पिडामा मलहम लगाउन निस्वार्थ रुपमा अघि बढ्ने संस्थाको नीति, संस्थाले बोध गरेको सदस्यप्रतिको अपनत्व र संस्था सदस्य प्रति कति जिम्मेवार रहछ भन्ने पनि राम्रोसँग बुझन पाए ।

संस्थाले सदस्यहरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्देश्यले सदस्य सुरक्षण कोष खडा गरेको छ । उक्त कोषमा प्रत्येक वर्ष संस्थाले, सदस्यले र कर्मचारीहरुले स–सानो रकम योगदान गर्छन् ।

कुनै सदस्यलाई प्राकृतिक विपत्ति पर्दा अथवा मानविय क्षती हुँदा संस्थाले उक्त कोषबाट निशुल्क सहायता प्रदान गर्दै आएको छ ।

हाल आएर कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था आफ्ना सदस्यहरुको दुखको समयमा दरिलो साथ दिने संस्थाको रुपमा परिचित छ ।

पत्रकारलाई आएको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण

अविनाश चौधरी
धनगढी, फागुन १२ गते । 
कैलालीका पत्रकार दीर्घराज उपाध्यायले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।

धनगढी उपमहानगरपालिका र नगर प्रमुखलाई जोडेर समाचार र लेख प्रकाशनपछि आफूलाई धम्की आएको भन्दै उहाँले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी दिनुभएको हो । उपाध्यायले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई निवेदन बुझाउनुभएको छ ।

पश्चिम टुडे मिडिया हाउसका सञ्चालकसमेत रहनु भएका उपाध्यायले केही दिन अगाडि ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ शीर्षकमा लेखसहित धनगढी उपमहानगरपालिकासँगै जोडेर आफ्नो सञ्चारमाध्यममा समाचार प्रकाशन गर्नु भएको थियो ।

त्यसयता, नगर प्रमुखको समर्थकबाट पत्रकार उपाध्यायलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत धम्क्याउने, तनाव दिने कार्य भइरहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी हमालले सामाजिक सञ्जालको प्रयोग गरेर पत्रकारलाई धम्क्याउने, मानसिक तनाव दिनेलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

उपाध्यायसँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य योगेन्द्र बलायर, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाह, नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा, निवर्तमान अध्यक्ष हिमाल जोशी जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । उहाँहरूले पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

पत्रकार उपाध्यायले आफूलाई धम्की आएको र मानसिक तनाव दिने कार्य भइरहेको भन्दै नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा पनि निवेदन दिनुभएको छ ।

यसैबिच, नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र कैलाली शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर समाचार लेखेकै कारण पत्रकारलाई आएको धम्कीप्रति निन्दा गरेका छन् । प्रदेश समितिका महासचिव शिवराज भट्ट र कैलाली शाखा सचिव तेजराज भट्टले ध्यानाकर्षण भएको जनाउँदै छानबिन गरेर घटनाको दोषीलाई कारबाहीको माग गर्नुभएको छ । प्रकाशित समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचारमा जान बाटो खुला रहेको तर धम्क्याउने, मानसिक तनाव दिने, अनर्गल प्रचार गर्ने जस्ता कार्य प्रेस स्वतन्त्रता विरोधी गतिविधि रहेको विज्ञप्तिमा उल्लेख छ ।

डोटीका एक युवा भारतमा सम्पर्कविहिन

तिर्थ नेपाली
काठमाडौ
रोजगारीका लागि भारत गएका डोटीका एक युवा ६ दिन देखि वेपत्ता भएका छ्न् ।

डोटी जिल्लाको पुर्विचौकी गाउँ पालिका वडा नं.५ काडामाण्डौ (धानुकाँडा)का शान्त नेपालीका २२ वर्षीय छोरा रोशन नेपाली भारतको चारबङ्गला भन्ने ठाउँ बाट

फेब्रुअरी ५ तारिखका दिन राती करिब ११ बजेको समयमा रुम बाट निसेकेर (ईन्टरनेट) वाईफाई चलाउछु भनि रुम बाहिर बसेको र त्यही समयदेखि बेपत्ता भएको उनकी श्रीमतीले बताएकी हुन् ।

फेब्रुअरी १० तारीख सम्म पनि कुनै आफन्त र परिवारको सम्पर्कमा रोशन नाआउँदा परिवार चिन्ता रहेको छ ।
परिवारले भारत जस्तो बिरानो देशमा २२ वर्षीय रोशन नेपालीको खोजी गरिदिन सम्पुर्ण प्रवासी दाजु भाइ तथा दिदिबहिनीहरुमा अपिल गरेका हुन् ।

रोजगारीका लागि रोशनको सम्पुर्ण परिवार भारतमा रहेका छ्न् । रोशनकी ७ महिनाकी छोरी र श्रीमती रहेकी छिन् ।
राेशन लाई देख्नु हुने महानुभावले उनका आफ्नहरुको

फोन नम्बर 7710911390 7506731323 सम्पर्क गर्न सक्ने छ्न् ।

भोजपुर कृषि सिंचाई जल उपभोक्ता समितिको डिप बोरिङ उद्घाटन

माघ २०,घोडाघोडी, कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ३ मा रहेको भोजपुर कृषि सिंचाई जल उपभोक्ता समितिको डिप बोरिङको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

आइतबार आयोजित कार्यक्रममा घोडाघोडी नगरपालिका का मेयर श्री खडक रावत ज्यूले डिप बोरिङको औपचारिक रूपमा उद्घाटन गर्नु
भएको हो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद गौतम, वडा सदस्य श्री रमेश चौधरी, भोजपुर कृषि सिंचाई जल उपभोक्ता समिति तथा स्थानीय टोलबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त सिंचाई परियोजना सञ्चालनमा आएसँगै स्थानीय कृषकहरुले सिंचाई सुविधामा सहजता पाउने विश्वास गरिएको छ। सिंचाईको व्यवस्था सुधार गरेर कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित लिइएको छ।
– घोडाघोडी समाचार

किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

रमेश रावत
अछाम, माघ १४ गते ।
 अछामका जनप्रतिनिधिहरुले दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमबार बिहान गृहमन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँहरूसँग मन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको नगरप्रमुख चलाउनेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ ।

जिल्लाको ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।

शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ ।

यस्तै, भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीसमक्ष माग गर्नुभएको छ । साथै उहाँहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्नुभयो ।