बैतडीसहित सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

बैतडीसहित सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ। भाद्र १ गतेदिन गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ। ‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ।

यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ। सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ।

भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ। बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने मान्यता रहेको छ।

बर्खामा लोगका रोगब्याथालाई पनि बुढीसँगै लिएर जाने विश्वास गरिएको छ। यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ।

 

आज विश्वकर्मा पूजा, फलाम–धातुजन्य उपकरणको पूजा गरिदै

आज विश्वकर्मा पूजा मनाइँदै छ। आजको दिनमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ। नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ।

समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ। नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन्। विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ।

नेपालमा आजैदेखि शरद् ऋतु प्रारम्भ भएको मानिन्छ। यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदूरहरूले गर्छन्। यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन्। प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ।

सुदूरपश्चिमका थारु समुदायले आज अट्वारी पर्व मनाउदै

सुदूरपश्चिमका थारु समुदायले आज अट्वारी पर्व मनाउदै छन्। अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन्।

थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ। अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्।

‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ। आइतवार भन्दा अघिल्लो राति (शनिवार) दर खाने र आइतवार व्रत बस्ने गरिन्छ। व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ। तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ।

त्यसपछि, सोमवार विहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ। बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ। छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्छन्। जसलाई फरहार भन्ने गरिन्छ।

सुदूरपश्चिम प्रदेश सरकारद्धारा भोलि सार्वजनिक बिदा

 सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।

मौलिकता गुमाउँदै तिज

अहिले गाउँदेखि सहरसम्मका महिला महिलाबिच रातै सारी र विभिन्न शृङ्गारमा सजिएर समूहमा तिज पर्व मनाउने होडबाजी नै चलेको छ। घोडाघोडी नगरपालिका–१, पिपलडाँडा आमा समूहका महिलाले यस पटक एउटै रङका साडी लगाएर सामूहिक तिज कार्यक्रम गरेका छन्।

घोडाघोडी–१ कै शान्तिनगर आमा समूहलेसमेत प्रतिव्यक्ति छ सय रुपियाँ चन्दा उठाएर वनभोज कार्यक्रम गरेर गत शनिबार मात्र तिज कार्यक्रम सम्पन्न गरेका छन्। विगतमा यसरी तिज मनाएको बिरलै भेटिन्थ्यो।

स्थानीय महिला भन्छन् देखासिखी भनौँ कि आधुनिकताले हो गाउँ गाउँमा समूह बनाएर तिज मनाउने चलन नै बन्यो। योसँगै मौलिकता पनि हराउँदै गएको छ। नेपाली महिलाले वर्षौंदेखि मान्दै आएको तिज पर्वलाई तडकभडकका साथ मनाउँदा निम्न परिवारका महिलालाई भने समस्या परेको छ।

स्थानीय दुर्गा सापकोटालाई वर्षे खेती लगाइसकेपछि सामान्य नाचगान गरेर तिज पर्व मनाएको सम्झना ताजा छ। मोबाइल र इन्टरनेटको सुविधा आएपछि तिज मनाउने शैली फेरिएको उहाँले बताउनुभयो। पहिले त मादल बजाएर गीत गाएर नाच्थ्यौँ, अहिले गाउँमा कहिलेकाहीँ मादल बजाएर रमाइलो गरौँभन्दा पनि मादल नै नपाइने अवस्था छ उहाँले भन्नुभयो। पहिला पहिला तिजका दिन टाढा टाढाका दिदीबहिनी माइतीको आँगनीमा आई आफ्ना दुःखसुख तिजका गीतमार्फत साटासाट गर्ने गरेको अनुभव सुनाउनु हुन्छ ६५ वर्षीय अम्बिका आचार्य।

उहाँ भन्नुहुन्छ, “सधैँ माइत जान पाइन्थेन, माइत जान तिज पर्खनु पथ्र्यो, साथीसङ्गी, दिदीबहिनी, आमासँग आफ्नै दुःखसुख तिज गीतमार्फत साटासाट गर्थेम, रात कटेको थाहा हुन्थेन।”

उहाँले थप्नुभयो, “समय सधैँ एकैनास कहाँ हुन्छ र अबका छोरीबुहारी सबै शिक्षित छन्। हाम्रो जस्तो दुःख छैन, जे खाम जे लाम भने पनि पुग्छ, त्यसैले त एक महिनाअघिदेखि साथीहरू समूह बनाएर दर खान्छन्।”  गोरखापत्रबाट

बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८०को फाईनल कार्यक्रम सम्पन्न

स्वर्गीय कल्पना स्मृती फउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर द्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८०को फाईनल कार्यक्रम भब्यता पुर्वक सम्पन्न भएको छ । बिशाल मुभिज प्रा.लि.का अध्यक्ष चर्चित गायक तथा सर्जक हुम गैरेको अध्यक्षता अनि प्रतिनिधी सभाको उप–सभामुख माननिय ईन्दिरा राना मगर ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा माननिय सांसद नारायण आचार्य,राष्ट्रिय जन साँस्कृतीक माहासंघका अध्यक्ष प्रेमनाथ अधिकारी,बिशाल मुभिजका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी.,संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बा.मगर,बरिष्ठ गायक सेमन्तमणी खराल लगायतको बिशेष अतिथ्यता रहेको थियो । कार्यक्रमा बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र बरिष्ठ लोक गायिका सर्मिला गुरुङलाई दशक गायिकाको रुपमा सम्मान गरीयको थियो । तमु बौद्ध सेवा समाजको सभाहलमा आयोजित कार्यक्रममा तिज गीत बिधा संग सम्बन्धीत २२ बिधाका ५२ जना कलाकर्मीहरुलाई अवार्ड प्रदान गरीयको जानकारी कार्यक्रम संयोजक कमला बि.शी.ले जानकारी गराउनु भयो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननिय ईन्दिरा रानाले तिज संस्कृती जोगाउन बिशाल मुभिजले गरेको यो कार्यलाई आगामी दिनमा राज्यले सघाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सयौको संख्यामा उल्लेख्य सहभागीता रहेको कार्यक्रमको संचालन कुशल कार्यक्रम प्रस्तोता राशी रिजालले गर्नु भएको थियो । अवार्ड र सम्मान प्राप्त गर्ने कलाकारहरुको नामावली यस प्रकार रहोको छ । १.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) मिना बेल्बासे (माईतीको झल्कोले)

२.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) लक्ष्मी परियार (छम्म छम्म कान्छी)

३.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) कृष्ण रानाभाट ( बुहारीको ब्यथा)

४.सर्बोत्कृष्ट तिज गीत (गायिका) जमुना राना ( बिरह)

५.सर्बोत्कृष्ट मौलिक तिज गीत भाषा भाषी (गायिका) पुनम बस्याल (बगालै चरी)

६.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (पब्लीक च्वाईस्) (संगीता चितौरे) (उर्फी उर्फी)

७.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (जुरी) शकुन्तला गैरे (तारा)

८.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (जुरी) कृष्णा सिराडी (नाँच्न नपाईनी)

९.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) (पब्लीक च्वाईस्) तुलसी क्षेत्री ( माईतैमा दिल)

१०.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) (पपुलर) बिमला गैरे (बिरहको तिज २)

१०.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) ((नव प्रतिभा) सर्मिला अर्याल (करिम)

११.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) (जुरी) देब बा.सहानी (सुको छैन गोजीमा)

१२.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) (पब्लीक च्वाईस्) प्रकाश बि.शी. (पैतालु सारेर)

१३.सर्बोत्कृष्ट तिज गीत (गायिका) (जुरी) सबिता परियार (गाजले)

२४.सर्बोत्कृष्ट तिज गीत (गायिका) (पब्लीक च्वाईस्) लक्ष्मी रेग्मी (जुनकीरी जुन तिर)

१५.सर्बोत्कृष्टतिज गीत भाषा भाषी (गायिका) (पब्लीक च्वाईस्) सरस्वती उर्पेती सुनकोचुरा

१६.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) कला रेश्मी महतो (दिलैको राजालाई)

१७.सर्बोत्कृष्ट तिज गीत (गायक) भरत क्षेत्री (बालेनको शहर)

१८.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गरीमा रामजाली (दुःख बिक्दैन)

१९.सर्बोत्कृष्ट तिज गीत (नव गायक) खम बहादुर बुढा (सरर फरर)

२०.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) कल्पना रेग्मी (अत्याचार)

२१.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) (पब्लीक च्वाईस्) रितिका कुवँर (मितीनी)

२२.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) (जुरी) गिता सेन्चुरी (चेलीहरुको बेदना)

२३. सर्बोत्कृष्ट तिज गीत (गायक) (जुरी) पुरुषोत्तम गैरे (चेलीको ब्यथा ४)

२४. सर्बोत्कृष्ट तिज गीत (गायक) (नव प्रतिभा) राम परियार (बिरहको तिज २ं)

२५.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) (नव प्रतिभा) राशी रिजाल (दुःखी करिम)

२६.सर्बोत्कृष्ट तिज गीत (नव गायक) (पब्लीक च्वाईस्) बिष्णु थापा (माईती चेली २)

२७.सर्बोत्कृष्ट तिज गीत (नव गायक) (जुरी) सुन्दर परियार (नाई भन्न पाईन्न)

२८.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (पब्लीक च्वाईस्) हेमनाथ खराल (हिमचुली हेरी)

२९.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (पपुलर) ललित के.सी. (सोलमारी ३)

३०.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (जुरी) कुमार कार्की (माईतीको आँगन)

३१.सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक) प्रदिप प्रखर पोखरेल (अर्घेली चेली)

३२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) धर्मराज गीरी (नाँच्दीन्छु घुमेर)

३३.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक) गणेश न्यौपाने (बाँदर मन्त्री)

३४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) धिरज खत्री (माईती चेली २)

३५.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) जुना गुरुङ (लुम्लेमा पानी)

३६.सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक) (पब्लीक च्वाईस्) हरी के.सी. (शिरफुल)

३७.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक) (नव प्रतिभा) अनमोल वली (दाजु बैनी)

३८.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) (जुरी) धुर्व जि.सी. (छोरी)

३९.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) (पब्लीक च्वाईस्) रमा ठकुरी (सारी सरक्कै)

४०.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) (जुरी) झरना रिसाल (टिकटक बनाउनी)

४१.सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष) बिवेक शर्मा (हेरेको हैन र¬)

४२.सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) मञ्जु घिमिरे (चम्चा पिलेट)

४३.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) लोकेन्द्र शाह ( मायाँ जालैमा)

४४.सर्बोत्कृष्ट तिज गीत (लाईभ गायिका ) बिरता पुन मगर

४५.सर्बोत्कृष्ट तिज गीत (छायाँकार) राम के.सी. (बिरहको तिज ३)

४६.सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) (नव प्रतिभा) परि क्षेत्री (नारीको बिलौना

 

राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः संगत थारु

राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिम प्रदेशका प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । कञ्चनपुरको कृष्णापुर नगरपालिका–६, सिंहपुरमा भएको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिका अध्यक्षमा संगत थारू, उपाध्यक्षमा समु चौधरी, सचिवमा स्वरुप चौधरी, सह–सचिवमे शिसा चौधरी, कोषाध्यक्षमा राज चौधरी रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी, आदर्श महतो चयन भएका छन् ।]

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका छ कलाकारलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने कलाकाारहरुममा थारू महानायक प्रेम चौधरी, गायिका समिक्षा चौधरी, गीतकार सुबेश कठरिया, छायांकार शाहिल चौधरी, मिडियाकर्मी अनिल कुश्मी, गायक नारायण राना रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य अरुण चौधरी र विशिष्ट अथितीमा कृष्णापुर नगरपालिकाकी नगर उपप्रमुख द्रोपती राना लगायत रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले कला र गायन क्षेत्रबाट थारू समुदायको पहिचानसँगै कला, संस्कृति र भाषाके संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको बताएका थिए ।

मञ्चका प्रदेश अध्यक्ष संगत थारूको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालन अनिल कुश्मीले गरेका थिए । कार्यक्रममा विशिष्ट अथिती राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय बैद्य, गायक तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।

         

भूस्वर्ग ‘बडीमालिका’ तीर्थयात्रा सुरु

 बाजुरा जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक स्थल बडीमालिकामा तीर्थ यात्रा सुरु भएको छ। अग्लो टाकुरामा रहेको शक्तिपीठ बडीमालिका दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित विभिन्न जिल्लाबाट तीर्थयात्री बडीमालिका जान थालेका छन्।

भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन बडीमालिकासहित यहाँका अन्य शक्तिपीठहरूमा एकसाथ धार्मिक मेला तथा पूजा लाग्ने गर्दछ। बाजुराको बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दालगायत शक्तिपीठहरूमा एकैदिन पूजा लाग्ने गरेको बाजुरा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताउनुभयो।

अद्भुत दैवी शक्ति रहेको मानिएको बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। धार्मिक पूजाआरधानाका साथै सोही स्थाानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन्।

बडीमालिकाको दर्शनपछि मनोकाङ्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायले बताउनुभयो। बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताउनुभयो।

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बाजुरा आइपुगेको छ। ती जिल्लाबाट आएको सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लाग्ने तयारीमा रहेको छ।

बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालीकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनु पर्ने चलन रहेको छ। सरकारी पूजा टोलीको नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालगायत आइतबार बडीमालिकामा प्रस्थान गर्नुभएको छ। सो टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधि सहभागी रहनुभएको छ।

बडीमालिका क्षेत्रको धार्मिक, सांस्कृतिक संरक्षणका लागि संरक्षण क्षेत्र घोषणा गरिएको छ। ‘बडीमालिका मन्दिर’ चार हजार २१६ मिटर उचाइमा रहेको छ। बडीमालिका पुग्न सात दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ। विभिन्न जिल्लाबाट हजारौँ भक्तालुहरू यात्रामा निस्किएका छन्।

त्यस्तै बाजुराकै पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दामा पनि तीर्थ यात्रा सुरु भएको छ। बडीमालिकासँगै बुढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ। धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बुढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू रहेका छन्। बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ। यस वर्ष पहिलो पटक बुढीनन्दामा सरकारी पूजा लाग्ने भएको छ।