सामाजिक परिवर्तनका लागि जनसँघर्ष आवश्यक: महन्थ ठाकुर

सुखड : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले देशको आमूल परिवर्तनको लागि आमजनताले विराट रुप लिन सक्ने उद्घोष गरेका छन् ।

कैलालीको सुखडमा शनिबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आयोजना गरेको संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारेको जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘देशमा रक्षक नै भक्षक छन् । देशमा उथलपुथल भएको छ । चुरे दोहनले प्राकृतिक प्रकोप भएको छ । वन जंगलको विनाश भएको छ । काठ, दाउरा हुुन्छ । त्यसको कुनै तथ्यांक छैन ।’

त्यस्तै लोसपा अध्यक्ष ठाकुरले देशमा जतिबेला पनि बिद्रोह हुन सक्ने उद्घोष गरेका छन् ।

महाभारतको प्रशंग उल्लेख गर्दै ठाकुरले भने, ‘अन्याय अत्याचार निर्मल गर्न महाभारत युद्ध भयो । भगवान कृष्णले अन्याय, अत्याचार अन्त्य गर्न बिराट रुप लिनुभयो । त्यस्तै, देशको आमूल परिवर्तन गर्न नेपाली जनता कुनै पनि बेला बिराट रुप लिन सक्छन् । शासकहरु नसच्चिए जुनसुकै बेला बिद्रोह हुन सक्छ ।’

कैलाली कारागारमा झडपपछि कैदीबन्दीको कब्जा, सुरक्षाकर्मी बाहिरै रोकिए

२४ साउन, धनगढी । कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् ।

सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतको भनाइ छ ।

कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।

‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्’, सुरक्षा स्रोतले भन्यो, ‘राति घाइतेको उद्धार गरिए पनि त्यो भित्रको अवस्था के हो ? भन्न यकिन भएको छैन् ।’

१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो ।

उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् ।

घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमा

जानकारी नभएको बताए ।

कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो ।

भित्ता फुटाएर निदाएको बेला आक्रमण

कारागारको गेटबाट सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । भित्र प्रवेश गर्न पाएका छैनन् ।

प्रहरीका अनुसार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले ब्लक बी मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए ।

स्रोतका अनुसार ब्लक ए बाट बी मा प्रवेश गर्न वर्षाैँ पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाकाा सामानले फुटाएर उनीहरू ब्लक बी मा प्रवेश गरेका थिए ।

ब्लक बी मा रहेका अधिकांश कैदीबन्दी निदाएको अवस्था थियो । उनीहरूले त्यहाँ रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक बीमा सुतेकाहरुलाई आफ्नै ब्लकमा लिएर उनीहरुले कुटेका थिए ।

यो आक्रमणको पछाडि दुई वटा कारण छन् । पहिलो भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र दोस्रो कारागारको नाइके परिवर्तन हो ।

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएर थुनामा रहेका तीन जनाको सरूवा गरिएपछि २२ गते पनि कैदीबन्दीबीच झडप भएको थियो । उक्त झडपमा पाँच जना घाइते भएका थिए ।

शुक्रबार राति आक्रमण गर्नेमा बडुवाल हत्या, अर्जुन दास हत्या, अत्तरियामा विद्युतका कर्मचारी खुकुरी प्रहार गर्ने समूहका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।

अर्काे अहिले कारागार प्रशासनले नाइके परिवर्तन गर्न खोजेको थियो । कैदीबन्दीमध्येबाटै नाइके चयन गर्ने भएकाले आफ्नो वर्चश्व जमाउन माथि उल्लेखित समूहबीच विवाद थियो भने स्थानीय प्रशासन र राजनीतिकर्मीहरू बीच पनि शक्ति संर्घष चलिरहेको थियो ।

सुरक्षामा गम्भीर त्रुटि

कारागार बाहिर जम्मा भएका आफन्त र सुरक्षाकर्मी ।

कैलाली कारागारमा कैदीबन्दीबीच विगतदेखि नै मनमुटाव र झैझगडा हुने गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा स्वयं कारागार पुग्ने गरेका थिए ।

उनीहरूले सञ्चार माध्यमलाई समान्य विवाद मात्र भएकाले साम्य भइसकेको बताउने गरेका थिए ।

स्रोतका अनुसार शुक्रबार रातिको आक्रमणबारेको सूचना कैलालीका प्रमुख जिल्ला अधिकारी हमाललाई थियो तर उनले उक्त कुरालाई सामान्य रुपमा लिंदा घटनाले गम्भीर मोड लिएको आरोप छ ।

‘कैदीबन्दीले ब्लक बी मा आक्रमण गर्ने योजना बनाएको सूचना प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै थियो तर उहाँले त्यो कुरालाई हलुका रूपमा लिनुभयो’, स्रोतले भन्यो, ‘यो घटनाको जिम्मेवारी उहाँले लिनुपर्छ । घटना भएको १४ घण्टा बित्दा पनि उहाँले आधिकारिक जानकारी दिनुभएको छैन् । सुरक्षाकर्मी कारागारमा प्रवेश गर्न नसक्ने अवस्था उहाँहरूकै कारण बनेको हो ।’

अहिले कैदीबन्दीले फुटाएर ब्लक बीमा प्रवेश गरेको टालिएको ढोका कमजोर अवस्थाको थियो । सो ठाउँबाट आक्रमण हुन सक्ने सुरक्षा विश्लेषण थियो । केही दिनअघि प्रमुख जिल्ला अधिकारी हमाललाई यो विषयमा जानकारी गराएर भित्तालाई पुनर्निर्माण गर्न आग्रह गरिएको थियो ।

“मोबाइलको लत र ध्यान भड्काउने बानीबाट कसरी जोगिने?”

बसमा यात्रा गर्दा, खाली समयमा वा टिभी हेर्दा प्रत्येक दोस्रो व्यक्ति मोबाइलमा व्यस्त देखिन्छ । उनीहरूका औंलाले सामाजिक सञ्जाललाई निरन्तर स्क्रोल गरिरहन्छन् ।

यसले के देखाउँछ भने अहिलेको डिजिटल युगमा, मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ, जसले एकातिर हामीलाई संसारसँग जोडेर राख्छ, भने अर्कोतर्फ हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई

बिस्तारै कमजोर बनाउँदैछ ।

ध्यानलाई मानिसको सबैभन्दा ठूलो शक्ति मानिन्छ । पूर्ण ध्यान अर्थात् ध्यान केन्द्रित गरेर काम गर्ने व्यक्तिले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छ । तर, मोबाइल र सामाजिक सञ्जालको बानीले ध्यानको यो शक्तिलाई बिस्तारै कमजोर बनाउँदैछ ।

हो, मोबाइल संसारले हामीलाई तत्काल सुविधा दिएको छ, तर बदलामा यसले हाम्रो ध्यान, धैर्य, मानसिक स्थिरता र क्षमतामा गहिरो असर पारेको छ । त्यसैले, हामीले यो डिजिटल बानीलाई बुझ्नु आवश्यक छ । आफ्नो संसारलाई स्क्रिनमा चलिरहेको संसारसँग यति हदसम्म नजोड्नुहोस् कि त्यहीँ तपाईंको संसार बनोस् ।

मोबाइलले कसरी ध्यान भड्काइरहेको छ ?

वास्तवमा, हरेक क्षण सामाजिक सञ्जालमा केही न केही नयाँ सामग्री आइरहन्छन् । सूचना आएर सूचित हुनु राम्रो कुरा हो ।

तर, सूचना हर सेकेन्डमा निरन्तर बाढी जसरी ओइरो लाग्दा हाम्रो दिमाग सतही जानकारीमा अड्किन्छ र गहिरो रूपमा सोच्न वा एक ठाउँमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ।

अर्को कारण भनेको सामाजिक सञ्जालमा हामी केही सेकेन्डमा एउटा पोस्टबाट अर्को पोस्टमा जान्छौं । यो बानीले दिमागलाई बिस्तारै लामो समयसम्म एउटै काममा ध्यान केन्द्रित गर्नबाट रोक्छ ।

त्यति मात्र होइन, अहिले एउटा रिल वा भिडियो समेत लामो समयसम्म हेर्ने धैर्य हामीसँग छैन । एउटा हेर्दाहेर्दै हामी यसलाई बीचमा छाडेर अर्को भिडियोमा जान्छौं । फलस्वरूप, लामो समयसम्म कुनै पनि काममा ध्यान केन्द्रित गर्न गाह्रो हुँदै गइरहेको छ । यसले विचार र बानीहरू पनि प्रभावित हुन्छन् ।

१. निर्णय लिन नसक्ने

सामाजिक सञ्जालमा धेरै विकल्पहरू बीच दिमाग अलमल्लमा पर्छ । र, थकित महसुस गर्न थाल्छ । जसकारणले निर्णय लिने क्षमता प्रभावित हुँदै गइरहेको छ । जीवनमा महत्त्वपूर्ण निर्णय लिनुपर्दा, हाम्रो दिमाग गहिरो रूपमा सोच्न असमर्थ हुन्छ ।

२. रचनात्मकताबाट टाढा हुँदै

मोबाइलको दुनियाँमा अल्झिएर, मानिसहरू बिस्तारै चित्रकला, लेखन वा संगीत जस्ता आफ्ना रचनात्मक गतिविधिहरूबाट टाढा हुँदै गइरहेका छन् । पढ्ने रुचि पनि घट्न थालेको छ । एकातिर किताब र अर्कोतिर मोबाइल हुँदा धेरैजसो मानिसहरू मोबाइल उठाउन रुचाउँछन् ।

३. मल्टिटास्किङ गर्ने बानी

एकै पटकमा धेरै एपहरूमा चाहार्दा मानिसलाई एकैसाथ धेरै काम गर्न सकिन्छ भन्ने भ्रम हुन्छ । जबकि, वास्तविकतामा, तिनीहरू आफ्नो पूर्ण क्षमतामा एउटा काम पनि गर्न सक्षम हुँदैनन् ।

कलासँग जोडिएर तपाईं सुधार गर्न सक्नुहुन्छ

जब दिमागलाई केही रचनात्मक काम दिइन्छ, यो बिस्तारै मोबाइल र सामाजिक सञ्जालको बानीबाट टाढा हुन थाल्छ । कला यस दिशामा प्रभावकारी माध्यम बन्न सक्छ । चित्रकला, संगीत, नृत्य, लेखन जस्ता कलाका विभिन्न रूपहरूले एकाग्रता बढाउने मात्र होइन, दिमागलाई शान्ति र आनन्द दिन्छ ।

कलाले कसरी मद्दत गर्छ ?

– कलामा व्यस्त हुनेबित्तिकै व्यक्तिको ध्यान स्थ‍िर हुन्छ । त्यही गतिमा जाँदा ध्यान भड्किँदैन ।

– जब हामी आफैंले केही सिर्जना गर्छौं, चाहे त्यो चित्रकला होस्, कविता होस् वा हस्तकला, हामी आत्म–सन्तुष्टिको भावना महसुस गर्छौं ।

– रचनात्मक प्रक्रियाले दिमागलाई नकारात्मकताबाट टाढा लैजान्छ । यसले खाली समयलाई स्क्रोल गर्नुकोसट्टा सिर्जनामा परिणत गर्छ ।

– चित्रकलामा लाग्न सके रङहरूसँग खेल्दा दिमाग स्थिर र एकाग्र हुन्छ ।

– शास्त्रीय नृत्य÷संगीतमा लाग्ने हो भने अनुशासन र गहिरो ध्यान गर्ने बानी बसाल्छ ।

– हातले गर्ने केही काम सिलाई, बुनाई र हस्त कला गर्ने हो भने दिमागका विभिन्न भागहरू जागृत हुन्छन् । मोबाइल फोनको आवश्यकता पर्दैन । हरेक दिन कम्तीमा ३०
मिनेट कलामा समर्पित गर्ने प्रयास गर्नुपर्छ ।

– चेस, लुडो, पजल, क्रसवर्ड लगायत जस्ता बोर्ड गेमहरूले मनोरञ्जन मात्र दिँदैनन् तर दिमागको गति र एकाग्रता पनि बढाउँछन् । बाहिरी खेलहरू पनि खेल्न सकिन्छ ।

– किताबहरू पढ्नाले दिमागलाई स्थिरता, कल्पनाशक्ति र गहिरो सोचको शक्ति दिन्छ । हरेक दिन कम्तिमा २०–३० मिनेट किताबहरू पढ्ने बानी बसाल्नुपर्छ ।

“कार्यस्थलमा बाधा पुर्‍याउने सहकर्मीबाट कसरी जोगिने?”

हरेक कार्यस्थलमा केही यस्ता सहकर्मीहरू हुन्छन्, जसले आफ्नो काममा ध्यान दिँदैनन् । त्यति मात्रै नभएर अरुको काममा पनि बाधा गरिरहेका हुन्छन् । यस्ता व्यक्तिले कार्यस्थलको उत्पादकत्वमा बाधा पुर्‍याउँछन् र कार्यस्थलको वातावरण खराब बनाइरहेका हुन्छन् ।

ती व्यक्तिको यस खालको हर्कतले उसले आफ्नो मात्रै नभएर सहकर्मीको पनि वृत्तिविकासमा असर पुर्‍याइरहेको हुन्छ । त्यस कारण कार्यस्थलमा यस्ता सहकर्मीहरूबाट बच्नु आवश्यक हुन्छ । यद्यपि, सहकर्मी छनोट गर्ने स्वतन्त्रता अफिसमा नहुन सक्छ, तर यस्ता व्यक्तिहरूसँग सुरक्षित दूरी कायम गर्न सकिन्छ ।

“कैलाली कारागारमा भीषण झडप : १ कैदीको मृत्यु, ४७ भन्दा बढी घाइते”

धनगढी : कैलाली कारागारभित्र कैदीबन्दीहरुबीचको झडपले कारागारको अवस्था तनावग्रस्त बनेको छ । ज्यानै जाने गरी श्रंखलाबद्ध भइरहेको झडपछि कैलाली कारागार रणभूमिमा परिणत भएको हो ।

शुक्रबार राति एक जनाको मृत्यु र ४७ जना भन्दा बढी घाइते हुने गरी कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच झपप भएको थियो ।

हाल कारागारमा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको बाक्लो उपस्थिति गराइएको छ भने घाइतेहरुको विवरण प्राप्त हुन सकेको छैन ।
कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको प्रारम्भिक विवरण प्राप्त भएकोमा गएरातिको झडपमा परी धनगढी उपमहानगरपालिका(४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु कारागारभित्र प्रवेश गर्न सकेका छैनन् ।

कारागारबाहिर कैदीबन्दीका आफन्तहरु चिन्तित छन । यतिबेला जिल्ला प्रशासन कार्यालयमा चारवटै सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । सुरक्षा निकायका प्रमुखहरुले थप प्रतिक्रिया दिन मानेका छैनन् ।

रातिको झडपमा धनगढी उपमहानगरपालिका ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको भने ४७ जना घाइतहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचार र सुरक्षामा सुरक्षा निकायलाई हम्मेहम्मे भइरहेको छ ।

विहान उनीहरुलाई कोरोनाका बेला बनाइएको बेग्लै कक्षमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

हाल कारागारको अवस्था अस्तव्यस्त देखिएको छ । कारागार प्रमुख बसन्त खत्री हाल विदामा रहेको निमिक्त जेलर रामकुमार चौधरीले बताए ।

“जनै पूर्णिमा : आत्मशुद्धि, आस्था र आधुनिक चेतनाको सूत्र”

ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।

नेपाली सनातानीय परम्परामा श्रावण शुक्ल पूर्णिमाको दिन दुई महत्वपूर्ण पर्वहरू एकै साथ मनाइन्छन्-जनै पूर्णिमा र रक्षा बन्धन । नेपाली समाज विविध संस्कृति, चाडपर्व र परम्पराले भरिपूर्ण छ । यी मध्ये जनै पूर्णिमा एउटा यस्तो पर्व हो, जसले हामीलाई आत्मशुद्धि, संयम र कर्तव्यवोधको स्मरण गराउँछ । यसलाई रक्षाबन्धन, श्रावणी, उपाकर्म, ऋषि तर्पणी र यज्ञोपवित संस्कारको पुनःस्मरण पनि भनिन्छ ।

यस दिन व्रतबन्ध भइसकेका पुरुषहरूले विधिवत् अभिमन्त्रित गरिएको ब्रह्मसूत्र अर्थात् जनै फेर्ने गर्दछन् जुन ६ सारा भित्र जम्मा ५४ साराको हुने गर्दछ जसमा ब्रह्मा, विष्णु, प्रजापति आदिको पूजा गरिन्छ । जसलाई हामी मन, वाणी र कर्मको प्रतीकात्मक अर्थसँग जोडेर हेर्ने गर्दछौं । काँचो धागो लाई ३ सरे गरी बाटेर त्यसलाई तेब्र्याउँदा ९ सरे हुन्छ अनि त्यसलाई पाँच पाँच वटा शिखा पारिन्छ पुन: बाटेर तिन वटाको एउटा सेट तयार गरिन्छ तत्पश्चात् जोडी अर्थात् ६ (३x३=९,x६=५४) सारा को जनै शास्त्रोक्त हुन्छ, यस्तो जनै धारण गर्नाले आयु, बुद्धि, तेज, बल, आदि बढ्ने शास्त्रोक्त कथन रहेको छ ।

उपरोक्त ९ सरामा क्रमश: ओम कार, अग्नि, नाग, चन्द्रमा, पितृ, प्रजापति, वायु, सूर्य र नवौँ सरामा सम्पूर्ण देवताहरूको पूजागरी शिखामा ब्रह्मा, विष्णु, महेश र गायत्री माताको पूजागर्दै अभिमन्त्रित गरेर धारण गरिन्छ । यस्तो जनै वर्षदिन सम्म आवश्यक परेको बेलामा धारण गर्न मिल्ने हुन्छ ।

सबै सनातनीहरूले आजकै दिन अभिमन्त्रित गरिएको रक्षाबन्धन अर्थात् ‘रक्षार्थ बन्धनम्’ अर्थात् अनिष्टबाट बच्नका लागि कवच स्वरुप नाडीमा धागो बाँध्ने गर्ने परम्परा छ । रक्षाबन्धन केवल धागोको बन्धन होइन, भावनात्मक सम्बन्धको बलियो गाँठो पनि हो ।

यो पर्वले धर्म, संस्कृति, आस्था र पारिवारिक सम्बन्धलाई एकै सूत्रमा बाँध्ने काम गरेको पाइन्छ साथै परम्परा र आधुनिकताबीचको सन्तुलन खोज्दै आजको समाजले यस पर्वलाई नयाँ दृष्टिकोणबाट आत्मसात गर्न थालेको छ ।

आजको समयमा जनै पूर्णिमा केवल विधिपूर्वक जनै फेर्ने दिन मात्र नभई- नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कारसँग जोड्ने माध्यम पनि हो । आजका शिक्षित युवा वर्गले यसको वैज्ञानिक र सामाजिक पक्ष बुझ्न थालिसकेका छन् । आजको पुस्ताले जनैलाई आत्मशुद्धिको प्रतीक, संयम र जिम्मेवारीको धागोका रूपमा बुझ्ने सोच विकसित हुँदै गएको छ ।

विद्यालय र कलेजहरूमा ‘परम्परा र वैज्ञानिक सोच’, ‘जनै पूर्णिमाको वैज्ञानिक र सांस्कृतिक पक्ष’ आदि शीर्षकमा बहस र निबन्ध प्रतियोगिता आयोजना हुन थालेका छन् । सामाजिक सञ्जालमा युवाहरूले जनै र रक्षाबन्धनलाई आधुनिक सन्देश सहित प्रस्तुत गर्न थालेको पनि देख्न पाइन्छ- जसले परम्परालाई नयाँ ढङ्गले जीवन्त राख्ने काम गरिरहेको छ भन्न सकिन्छ ।

नेवार समुदायले यो दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनेर मनाउँछन् । यसमा दिदीबहिनीहरूले दाजुभाइलाई क्वाँटी खुवाएर दीर्घायुको कामना गर्ने गर्दछन् । क्वाँटी सेवन गर्ने परम्परा स्वास्थ्यवर्द्धक आयुर्वेदिक ज्ञानमा पनि आधारित छ ।

यस्ता चाडवाडले उत्साह उमङ्ग थपिदिएको हुन्छ भने आफन्तबीचको सुमधुर सम्बन्ध, सद्भाव र मधुर मिलनको अवसर पनि जुटाइदिएको हुन्छ । नेपालको विविधता झल्काउने यो पर्वले जातीय सहिष्णुता, पारिवारिक प्रेम र सामाजिक जिम्मेवारीको सन्देश पनि दिएको छ भन्न सकिन्छ, जसले समाजमा एकताको सन्देश दिएको देखिन्छ ।

परम्परा र आधुनिकता दुई विरोधी होइनन्, पूरक हुन् र जनै पूर्णिमा त्यसको जीवन्त उदाहरण हो । यो केवल धर्मगुरुहरूका मन्त्रोच्चारण र संस्कारको धागो मात्र होइन- सोच, चेतना र पहिचानको सूत्र हो । हामीले यदि परम्परालाई समयसापेक्ष बनाएर अगाडि बढायौँ भने, यसले हाम्रो संस्कृति, आस्था र सभ्यतालाई अझ मजबुत बनाउनेछ ।

दार्चुलाका आठ स्थानीय तहमा करार कर्मचारी नवीकरण रोकिँदा सेवा प्रभावित

दार्चुला, साउन २३ गते । दार्चुलाका नौ वटै स्थानीय तहमा एक हजार २८९ जना करार सेवाका कर्मचारी कार्यरत छन् । गत आर्थिक वर्षमा दुई नगरपालिका र सात गाउँपालिकामा एक हजार २८९ जना करार कर्मचारी कार्यरत रहेकोमा हाल अपिहिमाल गाउँपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहले करार कर्मचारीको नियुक्ति नवीकरण गरेका छैनन् ।

करार कर्मचारीको नियुक्ति नवीकरण नहुँदा कतिपय पालिकामा अत्यावश्यक सेवा सञ्चालनमा समेत समस्या देखिएको छ । विशेष गरेर स्वास्थ्य संस्थामा सेवा प्रभावित भएको स्थानीय तहहरूले जनाएका छन् ।

कतिपय पालिकामा नियुक्ति नवीकरण नभए पनि करार कर्मचारी कार्यरत छन् । सुदूरपश्चिम प्रदेश सरकारले चालु आवदेखि स्वीकृत दरबन्दी रिक्त भएमा ज्यालादारी वा करारमा कर्मचारी राख्नुअघि सहमति लिनुपर्ने व्यवस्था गरेपछि स्थानीय तहले नियुक्ति नवीकरण गर्न सकेका छैनन् ।

प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ को उपदफा (३०) अनुसार करार वा ज्यालादारी नियुक्तिका लागि प्रदेश सरकारसँग स्वीकृति लिनुपर्ने कानुनी प्रावधान गरिएको छ । यही व्यवस्थाका कारण अधिकांश पालिकाले नियुक्ति नवीकरणमा अन्योल सिर्जना भएको बताएका छन् ।

दार्चुलाको अपिहिमाल गाउँपालिकाले भने गत आवमा करार सेवामा कार्यरत ९३ जना कर्मचारीको नियुक्ति छ महिनाका लागि नवीकरण गरेको छ । प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलका अनुसार पुराना कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा नियुक्ति नवीकरण गरिएको हो । उहाँका अनुसार कार्यसम्पादन मूल्याङ्कनमा ८० अङ्कभन्दा माथि ल्याउने कर्मचारीको नियुक्ति छ महिनाका लागि नवीकरण गरिने गरिएको छ । गाउँ सभाले स्रोत सुनिश्चित गरेर प्रस्ताव पारित गरेपछि मात्रै नियुक्ति नवीकरण गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका अन्य आठ वटा स्थानीय तहले भने अहिलेसम्म करार कर्मचारीको नियुक्ति नवीकरण गरेका छैनन् । महाकाली नगरपालिकामा गत वर्ष १७५ जना करार कर्मचारी कार्यरत थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाका अनुसार प्रदेश सरकारको ऐन स्पष्ट नहुँदा नियुक्ति नवीकरण हुन सकेको छैन । शैल्यशिखर नगरपालिकामा २९६ जना करार कर्मचारी कार्यरत थिए ।

प्रशासन शाखा प्रमुख भोजराज भट्टका अनुसार स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा बढी करार कर्मचारी थिए । करार अवधि थप नहुँदा विशेष गरी स्वास्थ्य सेवा प्रभावित भएको उहाँले बताउनुभयो । लेकम गाउँपालिकामा ६३ जना करार कर्मचारी थिए । गाउँपालिकाले हालसम्म नियुक्ति नवीकरण गरेको छैन । नौगाड गाउँपालिकामा गत वर्ष ११० जना करार कर्मचारी थिए । प्रशासन शाखा प्रमुख दानसिंह विष्टका अनुसार नयाँ कार्यविधि बनाएर नियुक्तिको प्रस्ताव गरिएको छ । नौगाडमा करार कर्मचारीलाई काममा फर्काउन राजनीतिक दल र स्थानीयले समेत अनुरोध गरेका छन् । मार्मा गाउँपालिकामा १२३ जना करार कर्मचारी रहेकोमा नवीकरण गरिएको छैन । दुहुँ गाउँपालिकामा ८६ जना करार कर्मचारी कार्यरत थिए । प्रशासन प्रमुख वीरेन्द्र बडालका अनुसार हाल नियुक्ति नवीकरण नभए पनि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था करार कर्मचारीकै भरमा सञ्चालन भइरहेकाले उनीहरू अझै काम गरिरहेका छन् । व्यास गाउँपालिकामा ११० जना करार कर्मचारी थिए ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरका अनुसार कसैको नियुक्ति नवीकरण भएको छैन । मालिकार्जुन गाउँपालिकामा १३५ जना करार कर्मचारी कार्यरत थिए । सूचना अधिकारी सुरजप्रसाद जोशीका अनुसार अहिलेसम्म नियुक्ति नवीकरण गरिएको छैन ।

प्रदेश सरकारले बनाएको ऐनको दफा १५ को उपदफा (३०) अनुसार दरबन्दी रिक्त भएमा नियुक्तिका लागि चार वटा प्रक्रिया पूरा गरी मात्र सहमति लिन सकिने भनिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका वरिष्ठ शाखा अधिकृत नरेन्द्र शाहका अनुसार सहमति माग गर्दा स्वीकृत दरबन्दी, सो दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारी तथा रिक्त पदको विवरणसहित कार्यालय प्रमुखको प्रमाणित दस्ताबेज पठाउनु पर्ने छ । साथै तलब, भत्ता र स्रोतको उपलब्धता पनि स्पष्ट गर्नुपर्ने छ ।

सरकारद्वारा हस्तान्तरण गरिएको कार्यक्रम अन्तर्गत दरबन्दी तोकिएका तथा दातृ निकायमार्फत तलबभत्ता हुने पदमा भने सम्झौता तथा प्रचलित कानुन अनुसार नियुक्तिमा रोक नहुने बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले केही महिनाअघि स्थानीय सेवा ऐन ल्याएको भए पनि नियमावली अभाव र कार्यान्वयनको अन्योलका कारण पालिकामा करार कर्मचारीको नियुक्ति नवीकरणमा समस्या देखिएको हो ।

कैलारीका सामुदायिक विद्यालयको कक्षा १२ नतिजा पनि निराशाजनक, २५७ मध्ये मात्र ३४ जना उत्तीर्ण

अविनाश चौधरी

धनगढी, साउन २२ गते। माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लज्जास्पद् नतिजा ल्याएको कैलारी गाउँपालिकास्थित सामुदायिक विद्यालयको कक्षा १२ को नतिजा पनि कमजोर आएको छ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार सो पालिकाबाट जम्मा ३४ जना विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। कैलारीस्थित पाँच वटा सामुदायिक विद्यालयबाट २५७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। जसमध्ये १३.२२ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।

दिपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट सबैभन्दा बढी ९७ जना विद्यार्थीले परीक्षा दिएकोमा १७ जना उत्तीर्ण भएका छन्। यस्तै, जनकल्याण मावि पवेराबाट २५ जनाले परीक्षा दिएकोमा सात जना उत्तीर्ण भएका छन्। लक्ष्मी मावि पृथ्वीपुरबाट २७ जनाले परीक्षा दिएकोमा सबै फेल भएका छन्। त्यस्तै, राष्ट्रिय मावि बिचैपुरबाट साधारणतर्फ ४२ जनाले परीक्षा दिएकोमा छ जना पास भएका छन्। प्राविधिक धारतर्फबाट २७ जनाले कक्षा १२ को परीक्षा दिएकोमा एक जनामात्रै पास भएका छन्। जनता मावि गदरियाबाट ३९ जना विद्यार्थीले परीक्षा दिएका थिए। तीन जनामात्रै उत्तीर्ण भएका छन्।

कैलालीस्थित यो पालिकामा रहेका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) १० प्रतिशत विद्यार्थीलेमात्रै उत्तीर्ण गरेका थिए। पालिकामा रहेको विभिन्न सामुदायिक विद्यालयबाट ४०२ जना विद्यार्थीले २०८१ को एसइई परीक्षा दिएका थिए।  जसमध्ये जम्मा ४१ विद्यार्थी ग्रेडेड भए । ९० प्रतिशत विद्यार्थी ननग्रेडेड भएका थिए।

गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको धेरै प्रयास गरे पनि सुधार हुन नसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले बताउनुभयो। उहाँले विगत केही वर्षयता सामुदायिक विद्यालयको नतिजा खस्केको र सुधार हुन नसकेको उल्लेख गर्नुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा सबै पक्षको कमीकमजोरी रहे पनि खास लापरबाही शिक्षकबाट भइरहेको मिश्रको ठहर छ। “पठनपाठन र सिकाइ उपलब्धि हासिल गराउने कार्यमा प्रत्यक्ष सहभागिता विद्यालय र शिक्षकको छ। त्यसैले विद्यालय र शिक्षक बढी जिम्मेवार छन्”, उहाँले भन्नुभयो।

कैलारीमा शैक्षिक विकासका लागि एक वर्षमा सङ्घीय सरकारको २० करोड अनुदान र पालिकाको करिब दुई करोड गरेर २२ करोड रुपियाँ खर्च हुने गरेको शिक्षा शाखाले जनाएको छ। शिक्षकको तलबमा मात्रै एक वर्षमा १३ करोड रुपियाँ खर्च भइरहेको छ। तर, शैक्षिक नतिजा भने ओरालो लागेको छ।

गायिका सिर्जना खत्री हाउडेमाया को तिज गित नारी मस्तीमा

काठमाडौं। नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तिजलाई लक्षित गरी गायीका सिर्जना खत्रीको आवाजमा ‘नारी मस्तिमा’ बोलको गित सार्वजनिक भएको छ। गायिका हाउडेमाया कै लय, स्वर र मुकुन्द रुपाखेतीको शब्दमा तयार भएको तिज गितमा नारीहरु तिजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पिडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ। सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गितमा बढी जोड छ। मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गितको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका छन्।

मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

वाशुलिङ (बैतडी), साउन २२ गते । बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरु अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरुको काम अलपत्र रहेको हो ।

आर्थिक वर्ष २०७७.०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरु अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्पन्न नभएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी संयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो । जसअन्तर्गत मन्त्रालयले चार करोड ५५ लाख र नगरपालिकाले दुई करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो ।

कूल सात करोडमा आर्थिक वर्ष २०७७.०७८ सालमा ठेक्का खोलिएकोमा गौरा कन्ट्रक्सनले झण्डै ५० प्रतिशत घटाघटीमा साढे तीन करोडमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म निर्माण कम्पनीले एक करोड बजेट भुक्तानी पाइसकेको छ । काम पनि ५० प्रतिशत पनि नपुगेको मेलौली नगरपालिकाको योजना शाखाले जनाएको छ ।

सम्झौता अनुसार छ वटा गेटहरु, दुई वटा पार्कसहितको पोखरी, १३४ रोपनी क्षेत्रमा घेरपर्खाल लगाउने र देवन्वालोदेखि मन्दिरसम्म पिसिसिबाटो निर्माण गर्ने योजना थियो । सो अनुसार देवन्वालोदेखि मन्दिरसम्मको पिसिसिबाटो बाहेक अन्य कुनै पनि काम सम्पन्न हुन नसकेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष  नायकले जानकारी दिनुभयो ।

यस क्षेत्रको महत्त्वसँग जोडिएको यस मन्दिर व्यवस्थापनका लागि आएको बजेटलाई पालिकाले चाँसो दिनुपर्ने नायकले बताउनुभयो । मेलौली भगवति मन्दिर देशरीमा उत्कृष्ट एक सय पर्यटन गन्तव्यको सूचीमा परेको धार्मिक क्षेत्र हो । यस मन्दिर परिसरमा आवश्यक पूर्वाधार निर्माणका लागि पालिकासँगको संयुक्त साझेदारीमा योजना अघि बढाउन मन्त्रालयले ५५ प्रतिश्त बजेट सुनिश्चित गरेको थियो ।

मेलौली नगरपालिकाका अनुसार मन्त्रालयले सुनिश्चित गरेको  बजेट निकासा नगर्दा योजना समयमा सम्पन्न हुन नसकेको जनाएको छ ।

एक पटक मात्रै करिब ४० लाख बजेट मन्त्रालयले पठाएको र नगरपालिकाबाट बाँकी रकमगरी एक करोडबढी निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले जानकारी दिनुभयो ।

यहाँबाट कार्यसम्पादन भएका योजनाको सबै विवरणहरु पटकपटक पेश गरेको भए पनि मन्त्रालयले बजेट नपठाएपछि योजनामा ढिलाइ भएको उहाले बताउनुभयो । मन्त्रालयले बजेट नपठाएकै हुनाले योजना समयमा सम्पन्न हुन नसकेको मेलौलीका नगर प्रमुख भिमबहादुर चन्दले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पनि नगरपालिकाबाट ३० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । निर्माण भइरहेका योजनाहरु हालसम्म पनि सम्पन्न नहुँदा मेलौलीको सौन्दर्यता मासिन पुगेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताउनुभयो ।

कैलारीमा २६ औं निसर्ग फुटबल प्रतियोगिता भदौ १ देखि सुरु हुँदै

धनगढी : कैलालीको कैलारी गाउँपालिका ४ के गाउँस्थि खेलमैदानमा २६ औं निसर्ग फुटबल पुरुष तथा महिला प्रतियोगिता २०८२ हुने भएको छ ।

न्यु युवा सुन्दर शक्ति क्लबको आयोजनामा हिन्दु नारीहरुको महान पर्व तीज र थारु समुदायको मौलिक पर्व अट्वारको अवसरमा प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि भदौ १ गतेदेखि सुरु हुने भएको हो ।

आयोजक क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । क्लब अध्यक्ष बृक्षलाल चौधरीका अनुसार भदौ १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा पुरुष टीम र ८ वटा महिला टीमको सहभागिता रहने भएको छ ।

प्रतियोगिताको विजेतालाई पुरुषतर्फ नगद एक लाख प्रदान गरिने भएको छ, भने उपविजेतालाई ५० हजार प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।

महिलातर्फको विजेतालाई २५ हजार र उपविजेता टीमलाई १५ हजार प्रदान गरिने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले बताए ।

प्रतियोगितामा इन्ट्री शुल्क पुरुष टीमलाई ६५ सय र महिला टीमलाई २५ सय कायम गरिएको छ ।

यसैबीच कैलारी गाउँपालिका ४ का वडाध्यक्ष ठागुराम चौधरीले खेलकुदमार्फत व्यक्तिले आफ्नो व्यक्तित्व विकास गर्न सकिने बताए । खेलकुदमार्फत आफूलाई चिनाउनुको साथै शरीरिक स्वास्थ्यको लागि खेलकुद महत्वपूर्ण रहेको उनकाे भनाइ छ ।

कार्यक्रममा जिल्ला फुटबल संघका सदस्य मनिराम चौधरी, कैलारी गाउँपालिकाका कार्यपालिका सदस्य लालबहादुर बिक, क्लबका खेलकुद संयोजक देवनारायण चौधरी, गाउँका भलमन्सा जगलाल चौधरीले खेलकुदसँगै समाज विकासको लागि युवाहरु अग्रसर भएर लाग्नुपर्नेमा जोड दिएका थिए । युवाहरुलाई कुलतबाट बचाउन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहने समेत चर्चा गरेका उनीहरुले गाउँस्तरबाटै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिने उल्लेख गरे ।

बडीमालिका पूजाका लागि धनगढी उपमहानगरको सरकारी टोली प्रस्थान

अविनाश चौधरी

धनगढी, साउन १८ गते। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बाजुराको बडीमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

उपप्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीसहित ४५ जनाको टोली बडीमालिका प्रस्थान गरेको हो।

सरकारी टोलीले बाजुराको बडीमालिका माई मन्दिरमा साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलामा पूजाआजा गर्ने उपप्रमुख रानाले बताउनुभयो।

धनगढी उपमहानगरपालिकाको अगाडि रहेको वनदेवी मन्दिरमा विधिपूर्वक पूजा गरेर धनगढीको टोली बडीमालिकाको यात्रामा निस्केको छ।

चतुर्दशीका दिन हरेक वर्ष बडीमालिका माई मन्दिरमा भव्य धार्मिक मेला लाग्दै आएको छ।