धनगढीः कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी हुने गरेको पाइएको छ।
Category Archives: अपराध
टीकापुर र शूक्लाफाँटाबाट अबैध सामान बरामद
धनगढीः कैलालीको टीकापुर र कञ्चनपुरको शुक्लाफाँटाबाट अबैध सामान बरामद गरिएको छ।
टीकापुर नगरपालिका–९ ठोसेबजारबाट करिब ८८ हजार ५६० मुल्यको आलु र प्याज लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट करिब १० हजार ५ सय मुल्यको प्लास्टिकको डोरी, बिडी, सलाई लगायतका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
कैलालीको धनगढीमा अस्पतालको नाममा चर्च निर्माण गरिएपछि
धनगढीः कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।
जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक समेत संलग्न रहेको पाइएको छ।
अस्पतालको नाममा मण्डली
भवन निर्माणको काम करिब ९ महिनामा सिध्याएर असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ। छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले थाहा पाएका हुन।
साढे चार कट्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर अस्पताल बनाउने भन्दै हाल चर्च चलाइएको चर्च नजिकै घर भएका विमल पाण्डेले बताए। स्थानीयलाई जानकारी नै नदिएर रातारात समुदायमा चर्च बनेको र यो बन्द गर्नुपर्ने हाम्रो माग छ।’ उनले भने, ‘इसाईको बसोबास नभएको समुदायमा यसरी झुक्याएर चर्च खोल्नु त भएन भन्ने हाम्रो माग छ।’
वडा अध्यक्षले समेत झुठो बोले
मोतिचोकमै घर भएका रणबहादुर बोहराले भवन बनाउँदा १० पटकसम्म गएर सोधपुछ गर्दा चर्च बन्न लागेको कुरा लुकाइएको बताएका छन्। उनले आर्थिक अवस्था र चेतनाको स्तर कमजोर भएका व्यक्तिलाई आर्थिक र स्वर्ग जाने प्रलोभन देखाएर धर्म परिवर्तन गर्न समुदायमा चर्च खोलिएकोले बन्द गर्नुपर्ने बताए।
यस्तै भवन बन्न लाग्दा छालाको अस्पताल बन्दैछ भनेर वडाअध्यक्ष मोति रानाले समेत झुठो बोलेको स्थानीय राजेन्द्र चन्दले गुनासो गरेका छन्। उनले भवन भन्दै गरेको देखेपछि काम गर्नेहरूले केही कुरा नबताएपछि वडामा बुझ्न जाँदा अध्यक्ष रानाले छालाको अस्पताल बन्ने लागेको भन्दै झुठो बोलेका हुन्।
चर्चमै छन् दुई जना कोरियन
चर्च नजिकै घर भएका खगेन्द्रनाथ योगीले भवन निर्माण गर्दा कामदारलाई समेत कुनै कुरा बोल्न नदिएको बताएका छन्। उनले स्थानीयले चासो राख्दा कम्पनी निर्माण हुन लागेको मात्रै आफूहरूलाई बताइएको दाबी गरेका छन्। भवन निर्माणको काम दिनमा भन्दा रातिको समय गरिएको योगीले बताए।
पार्किङ क्षेत्र छोडेर साढे चार कट्ठामा बनेको दुई तले भवन निर्माणको काम असोजमा सुरू गरेर जेठमा सकेको र २०८१ बैशाख ६ गते ७ नम्बर वडा कार्यालयबाट सेमिनार र तालिम सञ्चालन गर्ने इजाजत लिएर असार १५ गतेबाट इसाई संगति लाग्न थालेको छ।
चर्चमा दुई जना दक्षिण कोरियाका नागरिक पनि धर्म प्रचार गर्न बसेको पाइएको छ। आफू १० वर्षदेखि नेपालमा बस्दै आएको तथा सहयोग गर्न चर्चमा बसेको ती कोरियन नागरिकले बताएका छन्। उनले चर्चमा सहयोग गर्न बसेको तर आफ्ना बारे थप कुरा सोध्न नपाउने बताएका छन्।
अर्को प्रयोजनमा जग्गा प्रयोग
लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गा धनी भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने समझदारीमा जग्गा लिजमा लिएर भवन निर्माण गरेको छ। लेट मेइनले मासिक २५ हजार भाडा तिरेर करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडामा चर्चलाई भवन प्रयोग गर्न दिएको पास्टर प्रशान्त राईले बताए।
१५ वर्षपछि भवनसमेत भण्डारीकै हुने सर्तमा जग्गा लिजमा लिएको लेट मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईको दाबी छ। कसैलाई कम्पनी कसैलाई छालाको अस्पताल स्थापना गर्ने भन्दै जनश्रमदानमा निर्माण गरिएको भवनमा नेपाल लाइफ वर्ड मिसनले धनगढी मण्डली नामक चर्चमा चहलपहल बढेपछि मात्रै स्थानीयले थाहा पाएका हुन्।
सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर प्रशान्त राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन्। तर इजाजत प्राप्त गरेको प्रमाण देखाउन भन्दा अर्को दिन देखाउने भन्दै पास्टर राई पन्छिए।
अस्पतालको लोगो दुरुपयोग
चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ। चर्चभित्र भुइँ तलामा भान्सा कोठा, बाल संगति कोठा, आमा संगति कोठा र पुरूष संगति कोठाहरू निर्माण गरिएको छ। पहिलो तलामा प्रवचन कक्ष र कोरियन नागरिकको बस्ने कोठा निर्माण गरिएको छ।
चर्चमा १० वर्षदेखि इसाईमा लागेकोदेखि भर्खरै इसाई स्वीकार गरेका व्यक्तिहरू समेत भेटिएका थिए। चर्च परिसरमै प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पार्किङ गरिएको थियो। कारको अगाडिको सिसामा अस्पताल जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ। इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको छ।
कञ्चनपुरबाट एक लाख बढीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको विभिन्न स्थानबाट एक लाख बढीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१७ मझगाँउ र बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार ४२० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको भेष्ट, गन्जी, सिस्टम, डिउ सामान, सामान, साईकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण
धनगढी समाचारदाता
धनगढी, असार ३१ गते । नाइरोबी फ्लाई किराका कारण कैलालीका स्थानीयमा छालासम्बन्धी समस्या बढेको छ । बर्खायाम लागेसँगै छालामा सङ्व्रmमण (एलर्जी) हुने समस्या बढ्दो रूपमा देखिएको हो ।
नाइरोबी फ्लाई नामक किराका कारण सङ्क्रमण भइरहेको चिकित्सकले बताएका छन् । मानिसको शरीरमा पेडेरिन रसायन छाडेपछि छालामा जलन हुने, चिलाउने, छाला रातो हुने जनैखटिरा जस्तै खटिरा देखिने समस्या हुने गरेको जनाइएको छ ।
१२ देखि ३६ घण्टापश्चात् उक्त घाउबाट तरल पदार्थ चुहिने जस्ता लक्षणसमेत देखा पर्ने गरेको चिकित्सकको भनाइ छ । केही दिनयता नाइरोबी फ्लाई किराका कारण छालामा सङ्क्रमण बढ्दो रूपमा देखिएको स्किन केयर एन्ड एस्थेटिक सेन्टर प्रालिमा कार्यरत डा. सुमन सुवेदीले बताउनुभयो ।
“अहिले नाइरोबी फ्लाई किराका कारण समस्या भएर उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दो छ,” उहाँले थप्नुभयो, “दैनिक २५ जनाभन्दा बढी नै उपचारका लागि आइरहेका छन् ।” यो किराका कारण छालामा भएको सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने जनाइएको छ । नाइरोबी फ्लाई किराका कारण भएको घाउ धेरै चिलाउने गरेको धनगढीकी पूजा चौधरीले बताउनुभयो । किराका कारण हुने सङ्क्रमण आफूलाई पनि भएको जनाउँदै उहाँले भन्नुभयो, “यस्तो धेरैलाई भइरहेको छ । एक ठाउँमा सङ्क्रमण भएपछि त्यो अरूतिर पनि फैलिन्छ ।”
के हो नाइरोबी फ्लाई ?
नाइरोबी फ्लाई सुन्तला र कालो रङको एक प्रकारको किरा हो । यो सामान्यतया पानी परेपश्चात् वा बढी आद्रता भएको स्थानमा पाइने गर्छ । यो किराले मानिसलाई टोक्दैन तर सम्पर्कमा आएपश्चात् नाइरोबी फ्लाईले निकाल्ने एक प्रकारको अम्लले छालामा एलर्जी गराउने गरेको बताइएको छ ।
जोगिने उपाय
नाइरोबी फ्लाई किराको सम्पर्कबाट बच्नका लागि राति झुल टाँगी चम्किलो बत्ती निभाएर सुत्न आग्रह गरिएको छ । चम्किलो बत्तीले अन्य किरालाई जस्तै नाइरोबी फ्लाईलाई पनि आकर्षित गर्ने भएका कारण चम्किलो बत्तीमुनि बस्न नहुने बताइएको छ ।
यस्तै बाहिरको चम्किलो बत्ती पनि कम गर्न र लामो बाहुला भएको लुगा, पाइन्ट लगाउन आग्रह गरिएको छ । छालामा नाइरोबी फ्लाई किरा बसेमा त्यसलाई नमाडी हल्कासँग फुकेर भगाउन सकिने धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
घोडाघोडी : विद्युत चोरी गर्ने एक जना पक्राउ
घोडाघोडी कैलाली /कैलालीको घोडाघोडी नगरपालिकामा विद्युत चोरी गर्ने एक जना पक्राउ परेका छ्न । वडा न ७ उत्तर टोल करैचा बाट विद्युत् चोरी गर्ने डम्बर बहादुर बिस्ट पक्राउ परेका हुन । विद्युत् चोरी गर्ने विष्टलाई घोडाघोडी ग्रामीण बिद्युत् सहकारी संस्था सुखड ,अस्थाई प्रहरी पोस्ट हरिनगर,वडा अध्यक्ष सहितको टोलिले गए राती पक्राउ गरेको हो ।
पक्राउ परेका विष्ट घोडाघोडी ग्रामीण बिद्युत् सहकारी संस्थका अध्यक्ष सरोज न्युरेको जिम्मामा छन् । खेतमा पानी राख्ने क्रममा तारबाट डाईरेक्ट हुकिङ्ग गरेर विद्युत् चोरी गरेको अवस्थामा विष्ट पक्राउ परेका हुन् । विष्ट को साथबाट विद्युत् चोरी गर्न प्रयोग गरिएको तार, मिटर नियन्त्रणमा लिएको स्थानियले जानकारी दिएका छ्न ।
कञ्चनपुरमा खैरोहेरोइनसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध (खैरोहेरोइन)सहित २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ बस्ने गौरव बिक्रम थापा र बेदकोट नगरपालिका-७ बस्ने लोकेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट ३ ग्राम ५९ मिलि ग्राम खैरोहेरोइन फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई मंगलवार कञ्चनपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कैलालीको दुई स्थानबाट अबैध भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको दुई स्थानबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट र टिकापुर नगारपालिका-७ स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २५ हजार ३३१ मूल्यको सामान बरामद गरिएको हो।
उक्त मूल्यको प्याज,चिनी,मिश्री,बिडी,सुर्ती,दाल,सरफ, नरिवल,तेल,पास्ता,प्लाष्टिक झिल्ली लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले फेला पारी पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-३ चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २६ हजार ४९० मूल्यको प्याज, चिनी, बिडी, मिठाई, साबुन,याम्पु लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै भजनी नगरपालिका ८ कृष्णनगरबाट ४० हजार मुल्यको प्याज,चिनी, स्प्राईड र टिकापुर नगरपलिका ९ जिरो प्वाईन्टबाट अन्दाजी ३८ हजार ५०० को प्याज, प्लाष्टिकको जाली आईतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका ११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका ८ जनज्योति टोल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २४ हजार ५० बराबरको भिन्डी, खुर्सानी, बैगन, मटर, कागती, होलीको रंङग, गाजर लगायतका सामान आईतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।
कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका लागूऔषध मुद्दामा १६ दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने महेशबहादुर पुजारा, वन मुद्दामा ९० हजार ७३५ जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने करन चौधरी र आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका घोडाघोडी नगरपालिका–९ का राजेश बि.क. रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० बस्ने ६२ वर्षीय शेरबहादुर बुढालाई शुक्रवार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरले २०५७ पुस २० गतेको फैसलाले कुटपिट मुद्दामा ४२२ जरिवाना ठहर भई फरार रहेका थिए। उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कुरीतिविरुद्ध धार्मिक अगुवा
यस जिल्लाका धार्मिक अगुवा कुरीतिविरुद्ध बोल्न थालेका छन् । ज्योतिष पण्डित एवं धामी समूहका अगुवाले समाजमा विद्यमान जातीय विभेद, महिनावारी (छाउपडी) प्रथाका विरुद्ध बोल्न थालेका हुन् ।
गाईभैँसीको गोरस खाँदा पशु बिग्रिन्छन् भन्ने जस्ता गलत कुरीति र कुप्रथा तथा प्रचलन हटाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सोमबार सिगास गाउँपालिका–१, बेसरामा आयोजित कुरीतिविरुद्ध धार्मिक व्यक्तिसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा सहभागीले सामाजिक कुरीति हटाउनुपर्नेमा जोड दिएका हुन् ।
विश्वनाथ ज्योर्तिलिङ्ग बनारसीधामका प्रवक्ता एवं ज्योतिष पण्डित गणेशप्रसाद पन्तले जातीय विभेद र छाउपडी प्रथा धर्मविरुद्धका कुरीति भएको प्रवचन दिनुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वकेन्द्रीय सदस्य एवं ज्योतिष पण्डित पन्तले भन्नुभयो, “गाउँको स्थानीय बजारमा दुध पाइँदैन । मदिरा सजिलै पाइने रहेछ, यस्तो किन भइरहेको छ ? दुध बेच्दा देवता रिसाउने तर मदिरा बेच्दा किन यो ठाउँका देउता रिसाएनन् ? तपाईंहरू छाउ भएकी महिलालाई गोरस दिनुहोस् । बजारमा दुध बेच्नुहोस् । आम्दानी गर्नुहोस् । देवीदेवतासित म वार्ता गर्छु ।”
कुरीतिविरुद्धको अन्तर्क्रियामा स्थानीय पुजारी, धामी झाँक्री, महिला समूहका सदस्य, शिक्षक र जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक अगुवाले पशु बिग्रिन्छन् भनेर बजारमा दुध बिक्री नगर्ने, रोजगारी खोज्न भारत जान तयार हुने कुरा पनि कुरीति भएको बताएका छन् ।
सो कार्यक्रममा धामी समूह पाटनका सहसचिव भानदेव भट्टले महिनावारी भएका बेला गोरस खान र बजारमा दुध बिक्री गर्न मिल्ने बताउनुभयो । उहाँले धर्मशास्त्रमा महिनावारीलाई पवित्र मानिएको बताउनुभयो ।
महिनावारी नहुने महिलालाई ‘किन्नर’ मानेको उहाँले स्पष्ट पार्नुभयो । महिनावारी भएका महिलालाई पोसिलो खाना, गोरस, फलफूललगायत खान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामाजिक विकास कार्यालय तथा स्थानीय सिर्जनशील सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा आयोजना गरिएको कुरीतिविरुद्धको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीले जातीय विभेद र छाउपडी प्रथा धार्मिक रूपमा कुरीति र कानुनी रूपमा दण्डनीय भएको बताउनुभयो ।
समाज सुधार गर्न प्रहरी एक्लैको प्रयासले समभव नभएको भन्दै प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “समाजका कुरीति, जातीय र लैङ्गिक विभेद, लागुऔषध दुव्र्यसन हटाउन धार्मिक अगुवा र समाजका बुद्धिजीवीले सहयोग गर्नु पर्छ ।”
सुदूरपश्चिम प्रदेशमा प्रहरीले लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरे जस्तै धार्मिक अगुवाले समाजका कुरीतिविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने ज्योतिष पण्डित पन्तले थप्नुभयो । वेद, पुराण र धर्मग्रन्थमा महिला तथा दलितमाथि कहीँकतै पनि विभेद नभएको बताइएको छ ।
कञ्चनपुरबाट एक लाख बढीका कपडा बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले एक लाख बढीका कपडा र खाद्यान्नका सामान बरामद गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट भन्सार छलीका अन्दाजी एक लाख १३ हजार मुल्य बराबरका सुट, कोटको कपडा, चिनी, मिश्री, मटर, दाल, सलाई, तेल, बच्चाका खेलौनालगाएत किरानाका सामान प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटीएको प्रहरीले सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामान कारबाहीकालागी भन्सार कार्यालय पठाएको छ।