खोड्पेको प्री ट्रमा सेन्टर सञ्चालन गर्न प्रदेश सरकारद्वारा एक करोड बजेट विनियोजन
वासुलिङ (बैतडी) असोज २८ गते । बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । दुर्घटनामा परेका घाइतेको आकस्मिक उपचार सहज बनाउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । सुदूरपश्चिम प्रदेशका... विस्तृतमा
अरूको दशैँमा स्वाद थप्दै, आफ्नै दशैँ बजारमै बिताउँदै साइपालका व्यापारी
बझाङ, असोज २६ गते । घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दशैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो । घुरन भेडाच्याङ्ग्राको बथान लिएर... विस्तृतमा







